ट्रेण्डिङ

होमपेज / कला / साहित्य

क्रिकेटर हरभजन सिंहको चलचित्र ‘फ्रेण्डसिप’को टिजर रिलिज

नेपालगाथा २०७७ फाल्गुण १८ गते मंगलबार १४:२२:०२ मा प्रकाशित

भारतीय क्रिकेटर हरभजन सिंह अब साउथ इण्डियन चलचित्रमा पनि देखिने भएका छन्। सोमबार हरभजनको पहिलो तमिल चलचित्र ‘फ्रेण्डसिप’को टिजर रिलिज भएको छ। उनले सामाजिक सञ्जालमा पनि उक्त टिजर शेयर गरेका छन्। चलचित्र तमिल, तेलुगु र हिन्दी गरी तीन भाषामा प्रदर्शन हुनेछ। उनी रोमान्टिक–स्पोर्टस् चलचित्र ‘फ्रेण्डसिप’बाट तमिल फिल्म उद्योगमा डेब्यू गर्न लागेका हुन्।

टिजर रिलिज भएपछि हरभजनलाई प्रशंसक, साथीहरुका साथै बलिउड सेलिब्रेटी र क्रिकेट जगतका खेलाडीले बधाई दिइरहेका छन्। ‘फेन्डसिप’मा हरभजन कलेजको विद्यार्थीको भूमिकामा देखिनेछन्। उनी सन् २००४ मा रिलिज भएको अक्षय कुमार, सलमान खान र प्रियंका चोपडाको चलचित्र ‘मुझसे शादी करोगी’मा पनि देखिएका थिए।

यस्तै सन् २०१३ मा रिलिज भएको पञ्जावी चलचित्र ‘भाजी इन प्रोब्लम’, र २०१५ मा ‘सेकेण्ड हेन्ड हस्बेन्ड’ मा पनि देखिएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top