होमपेज / कला / साहित्य
काठमाडौँ । प्रणय दिवसको अवसर पारेर गायिका गंगा गजमेरले 'नरहे यो जिन्दगी' बोलको म्युजिक सार्वजनिक गरेकी छिन्। यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका गीतकार गोपाल लोहारको रहेको छ। गीतलाई मानसी किरणले संगीतवद्द गरेका हुन्।
म्युजिक भिडियोमा रोशनी कार्की र संजय बिक बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। दिनेश पराजुलीले भिडियोलाई छायांकन गरेका हुन्। भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई उत्तर राना मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो।
गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायिका गजमेरले 'स्वरादि' गीति संग्रह, 'फुलसरी माया फुल्यो', 'माया मोहनी' लगायत थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेकी छिन्।
(भिडियो)