होमपेज / कला / साहित्य
काठमाडौँ । हास्यव्यंग्य कलाकार श्रीकृष्ण सिम्खडाको ‘श्रीकृष्ण सिम्खडाका कविताहरु’ नामक पुस्तक बजारमा आएको छ। पूर्वअर्थमन्त्री, गीतकार एवम् साहित्यकार शंकर कोइरालाकी आमा धनकुमारी कोइरालाले उक्त पुस्तकको विमोचन गरेकी हुन्।पुस्तकका लेखक सिम्खडाले पुस्तकमा सामाजिक विषयवस्तुलाई समेटेर कविता लेखेको जानकारी दिए। ‘पुस्तकमा सामाजिक एजेण्डाहरु छन् जुन जनताहरुसँग प्रत्यक्ष जोडिएको छ। मैले लेखेका कविताले समाजका एजेण्डाहरुलाई झल्काउँछ।’
यस्तै उनले कवि हुनका लागि कविता नलेखेको बताए। उक्त कुरा आफ्नो पुस्तकमा पनि देखिने उनको भनाइ छ। ‘कविताका माध्यमबाट पनि राष्ट्र बन्यो भने त्यसको हिस्सा हरेक नेपालीले पाउँछ’, उनले भने, ‘उक्त काम कविताले पनि गर्न सक्छ।’ उनले आफ्नो किताबमा गल्तीहरु भए पनि जस्ताको तस्तै छापेको बताए।
कलाकार सिम्खडाको यो पहिलो कवितासंग्रह हो। उनी कलाकारसँगै समाजसेवी पनि हुन्। उनले सार्वजनिक तथा सार्वजनिक विद्यालयका शौचालय सफाइ अभियानमा सहभागिता देखाएका छन् भने चक्रपथ रिङरोड सफाइ अभियानका संरक्षक पनि हुन्।