ट्रेण्डिङ

होमपेज / कला / साहित्य

"खुट्टी हेरी पत्याएँ"

नेपालगाथा २०७७ माघ २६ गते सोमबार २१:१६:०० मा प्रकाशित

`कोरोना` हटेछ ! कि के हो, माइला ?  बजारमा चहल पहल निकै बढेको छ, रे !  के को जुलुस लाउनी ? भन्दै थियो चैतुलालले । सुइ पनि आइसक्यो रे ! सरोकारले, जनताले लाउने सुइ समेत पनि अनुदानमा पाएर राष्ट्रिय परिवेशमा-अन्तर्राष्ट्रिय सम्बन्धमा भएको सुमधुर सम्बन्ध कायम बारे  जानकारी पनि गराउने  भनेको जस्तो मान्थें ।" भन्दै  केराबारीका रामप्रसाद बुढा आँगनमा  केहीदिन पहिले कथा लगाउँदा बनाइएको वेदी(मण्डप)मा बिछ्याइएको दरीमा आएर बसे ।

दिनले धेरै नपाकेका,घामले पाएका बुढाको कपाल फुलेर सेतै देखिन्थ्यो । कुरा पड्काउन सिपालु बुढाले आकाश-पाताल जोडेर समेत गफ लगाउँछन् । बीचबीचमा `चाईँ जो `थेगो राखेर बोल्ने बुढाले तीतो यथार्थ  समेत भने । हेर माइला! "पहिले-पहिला कोरोनाको डरले मास्क लगाइहालियो। अहिले मलाई यो मास्क `भालुको कञ्चट´ पकडेको जस्तो भैसक्यो । सुइ त आयो भन्छन् ? भन्दै कोरोना कहरको कथा टाउको देखि  खुट्टासम्म काँपेको, मन मुटु धडकेको  देखि क्वारेन्टाइनमा अटेस-मटेस (कोचिएर बस्नु) सम्मको बसाइ, श्रीमतीको स्याहारसुसारदेखि भाइबन्धुको बहिष्कार समेतको बर्णन गर्न थाले ।

कोरोना आतंकले आत्तिएका, सार्वभौम जनता कति बफादार र इमानदार छन् है ! सरकारले जे भने पनि मान्ने । सरकार र डाक्टरले "बाहिर ननिस्कनू "भने, कुनै जनता पनि निस्केनन् । मुखमा मास्क लगाउने उर्दी भयो, सबैले लगाए सबैले माने। सरकारलाई जनताले सहयोग पनि गरेकै हुन् । सरकारी जनताले शुल्क सहित सेवा गरे, गैर, अर्ध  सरकारी जनताले निशुल्क सेवा गरे । आफ्नो सुरक्षा आफै गरे ।

ओखती (औषधि) पनि आफै किने । औषधि कुन पसलबाट किनिएको हो त्यसको पान नं को विवरण सहित कोरोना चेक गरेको, गराएको रिपोर्ट समेत बुझाए। कहिल्यै फिर्ता नहुने शर्तमा `कोरोना बिमा´ समेत गरे । रोडपतिदेखि करोडपतिसम्म, पत्रकार देखि, अलपत्रकारसम्म  जोगीदेखि, भोगीसम्म, साधुसन्तेदेखि, खाते, मगन्तेसम्मले रिपोर्ट  बुझाएर सरकार, अर्धसरकारी र नीजिको समेत लक्ष्य सफल पार्न सहयोग गरे।

ओखती (औषधि) पनि आफै किने । औषधि कुन पसलबाट किनिएको हो त्यसको पान नं को विवरण सहित कोरोना चेक गरेको, गराएको रिपोर्ट समेत बुझाए। कहिल्यै फिर्ता नहुने शर्तमा `कोरोना बिमा´ समेत गरे । रोडपतिदेखि करोडपतिसम्म, पत्रकार देखि, अलपत्रकारसम्म  जोगीदेखि, भोगीसम्म, साधुसन्तेदेखि, खाते, मगन्तेसम्मले रिपोर्ट  बुझाएर सरकार, अर्धसरकारी र नीजिको समेत लक्ष्य सफल पार्न सहयोग गरे।

डेरा गरेर बस्नेले त घरबेटीलाई समेत बार्षिक कोठाभाडा सहित कोरोना नेगेटिभको रिपोर्ट पनि बुझाएर सहयोग गरे। कुनै -कुनै उदार घरबेटीले खन्-खन् गन्ने तन्त्र र मन्त्र भट्याउँदै बर्षभरिको भाडाबाट आउने ब्याज म-यो भन्दै ब्याज मिनाह गरिदिएको सहयोगले धेरैले राहत पाए। सरकारी निकायदेखि तरकारी निकायसम्म भाडा मिनाहाको खुबै चर्चा समेत चल्यो । कर्मचारीले कसैलेभित्र बसेर काम गरे, कतिले भित्र-भित्रै पसेर काम गरि सहयोग गरे । दुई मिटरको दूरी राखेर समेत बसे । ऊन र नून बेच्नेहरु दिनदिनै दीन(दु:खी) तिर लागे । सुन बेच्नेहरु जतिका  सुदिन फर्किए ।

क्राउनमा लाग्ने भएर `कोरोना´ नाम पाएको भाइरसको `सुइ`को सुँइको पाउने बित्तिकै गुम्सिएका मान्छे  खुसी मान्दै एकैपटक बाहिर निस्के । ती मध्ये भाग्यमानीले सुइ पाए, अभागीले सुइँको मात्र पाए । तैपनि खुसीले कसैले  कुनै दिन आमसभा गरे, कसैले देशै बन्द गरेर जुलुस निकाले । जङ्गलमा बसेका देखि दरबारमा पसेकासम्म मान्छेहरु पनि सडकमा उफ्रन थाले ।

 नेता महोदयले  सडकको `माझखण्ड´ मा उभिएर प्रतिक्रियावादी कोरोनालाई हामीले परास्त गर्न सक्यौं । पापी कोरोना हामीलाई  पनि सरेर  झण्डै कालकोठीमा पुगाउन थालेको, तर हामी कत्ति पनि  हतास नभएर समाज परिवर्तनका मुख्य उपलब्धि हासिल गरेका छौं । यो कोरोना बारेमा  गाउँ,बस्ती लगायत भिरपाखामा दाउरा घाँस गर्न पसेकालगायत श्रमजीविदेखि श्रमशोषीले समेत थाहा पाए । सिरकभित्रै गुटुमुटिएर,मोबाइल हेरेरै छोराछोरीले  सी परीक्षा देखि एम एस सी परीक्षा सम्म पास गरे । च्याट गरेरै छोरी अन्मिइन । च्याटै गरेर छोराले पनि अन्मायो। बुढा जति गाएक भए । बुढी जति टिकटिके नचरी भए । नाति-नातिना कार्टुन प्रेमी भए,बुहारी जति बर्तन(भाँडा) प्रेमी भए ।

आदरनिय ! सभामा उपस्थित हुनका लागि  कोही भाडा तिरेर आउनु भएका, कोही सित्तैमा आउनु भएका,कोही बस,टेम्पोमा बसेर आउनु भएका,कोही नालामा पल्टिदै आउनु भएका, तपाईंहरुलाई भनेको होइन,जो यहाँ आएका छैनन्  त्यस्ता .....लाई  भनेको भनेर सबैलाई गाली ठोके । जनताले ताली ठोके । यस्तालाई अब लखनखेल देखि,गुच्छा टोलसम्म ,प्युखाटोल देखि भुरुङखेल सम्म, नख्खुदेखि बल्खुसम्म, पाटनदेखि  ढोरपाटनसम्म, चप्पलकारखानादेखि चिडियाखानासम्म लग्नुपर्दछ भन्दै भाषण ठोके ।जोसिला जति श्रोताले ताली ठोके। सडकै लत्रिएर घस्रिरहेकाको जमातले भन्दै थिए, "नकराऊ लोभी पापी ! तिम्रा त `खुट्टी हेरी ´ पत्यायौं ।"

यसरी समाजवादी क्रान्तिको शुरु गरेका छौं । विषम परिस्थितिमा पनि गरेको विकास नदेख्ने जनता  पनि भेडै रहेछन् । आदरनिय ! सभामा उपस्थित हुनका लागि  कोही भाडा तिरेर आउनु भएका, कोही सित्तैमा आउनु भएका,कोही बस,टेम्पोमा बसेर आउनु भएका,कोही नालामा पल्टिदै आउनु भएका, तपाईंहरुलाई भनेको होइन,जो यहाँ आएका छैनन्  त्यस्ता .....लाई  भनेको भनेर सबैलाई गाली ठोके । जनताले ताली ठोके । यस्तालाई अब लखनखेल देखि,गुच्छा टोलसम्म ,प्युखाटोल देखि भुरुङखेल सम्म, नख्खुदेखि बल्खुसम्म, पाटनदेखि  ढोरपाटनसम्म, चप्पलकारखानादेखि चिडियाखानासम्म लग्नुपर्दछ भन्दै भाषण ठोके । जोसिला जति श्रोताले ताली ठोके। सडकै लत्रिएर घस्रिरहेकाको जमातले भन्दै थिए, "नकराऊ लोभी पापी ! तिम्रा त `खुट्टी हेरी ´ पत्यायौं ।"  केहीले भने सडकमा नारा लगाउँदै थिए रे ! हाम्रो नेता जिउँदो वाद, जिउँदो वाद । "आँखो देखा हाल " भन्दै मज्जाले मज्जाको कथा सुनाए । तर मेरा घरपरिवारमा यस्तो राजनैतिक अवस्थाका कारण को रोना ? को हाँसना ? भनेर चिन्ता र चासो दुवै  देखिन्थ्यो । अस्तु ।।

  • खोपीराम लम्साल

प्रतिक्रिया

सम्बन्धित खवर

Top