ट्रेण्डिङ

होमपेज / कला / साहित्य

"म त हिडें स्वामी राजा, मेरै मिटिङमा"

नेपालगाथा २०७७ माघ २२ गते बिहीबार २२:०४:४१ मा प्रकाशित

आज पनि चिरिच्याँट्ट परेर कता हो ? एकछिन पनि स्थिर बस्न सकिन्न है ? रिटायर्ड नहुदाँसम्म पनि, अफिसमा एकछिन बस्तैन थेरे ! कर्मचारीले समेत हा.टा. (हाजिर गर्ने टाप कस्ने) हाकिम भन्थे रे ! अहिले रिटायर्ड भएपछि भा.टा (भात खाने, टाप कस्ने) घरबेटी बा भएका छौ है ? मेरो पनि आज `कुकासिंजु´ सहकारी संस्थाको मिटिङमा जानु परेको छ भनिन् ।

"सहकार्य हाम्रो नीति, चोइटिएर गए यत्रै सिति" भन्ने मूलनाराका साथ धुमधामले बार्षिकोत्सव मनाउने कार्यक्रम रहेको छ । त्यसैले घर हेर्ने पालो तपाईंको  भनिन् ।

"सहकार्य हाम्रो नीति, चोइटिएर गए यत्रै सिति" भन्ने मूलनाराका साथ धुमधामले बार्षिकोत्सव मनाउने कार्यक्रम रहेको छ । त्यसैले घर हेर्ने पालो तपाईंको  भनिन् ।

ओ ! हो ! तिमीहरूको सहकारी संस्थाको नाम त गजब रहेछ ! कुकासिंजु । मगर भाषाको होकि , तेल गुभाषा को हो ? कि चाइनिज भाषाको ? भनी जिज्ञासु भएर सोधें । "नेपाली हो नेपाली । पेओर नेपाली । घरेलु अफिसमा गएर दर्ता गरेको हो । नाम अलि लामो हुने भएकाले सबै उद्देश्यलाई समेट्ने गरि छोटकरीमा `कुकासिंजु´ भन्ने गर्छौं । कम्ति टेन्सन भयो ? यो नाम खोज्न र मिलाउन । बल्ल-तल्ल मिलाएको नाम हो ।"

ए ! उद्देश्यहरु सबै समेट्ने गरि पहिलो अक्षरबाट झिक्दै, तिनलाई मिलाउँदै नाम राखेको हो ? त्यसो भए पूरा नाम भन त भनेर जिज्ञासा प्रकट गरें । मुसुक्क मुस्कुराउँदै "गौरवशाली हाम्रो सहकारी कुकासिंजु ।, कु=कुरा, का=काट्ने, सिं=सिङ्, जु=जुधाउने (कुरा काट्ने, सिङ जुधाउने) ।"

ए ! यसका शाखा, प्रशाखाहरु स्वदेश, विदेशमा छन्कि ? भनेर जिज्ञासा राखें । केही बर्ष अगाडि सबैको माझैमा पर्छकि भनेर "माझ खण्डे" नामको सहकारी संस्था दर्ता गरेका थियौं । यसको केन्द्रीय कार्यालय `बाकोपे´ मा छ । सहकारी मर्जदेखि सहकारी सम्बन्धी नीति, प्रविधि, वैदेशिक नेता र नीतिको सम्बन्ध , सम्बन्धी व्यापक छलफल चलाउने, संस्थालाई सुदृढ गर्ने र व्यवस्थित व्यवस्थापन गर्ने गर्दछ । यसका शाखा प्रशाखा पनि छन् । भैपरि आउने स्वदेशी कामहरु लागि केन्द्रीय सहकारीलाई हानी नहुने गरि शाखा प्रशाखाले आफै नेतृत्व गरि कार्य गर्न सक्ने स्वायत्तता पनि प्रदान गरिएको छ । त्यही स्वायत्तता प्राप्त गरेको, केन्द्रीय सहकारी अन्तरगतको शाखा हो `कुकासिंजु´ । भनेर पुष्टि गरिन् । त्यसैको बैठकमा जानु परेकाले, तपाईं घरै बस्नु हुन्छ कि ?" भनेर आग्रह गरेकी हुँ भनिन् ।

हामी पनि "पराज्ञा पारिस्थानमा" गएर केही उपसर्ग हटाइ पाऊँ भनी निवेदन दिन गएका थियौं । `बुढा पुराना, अनुभवी मान्छे, `बाजे´ उपनामले परिचित व्याकरण विदर `खर थोके´ भाषाविद चाम्रेल उपनामका कवि फटफटानन्द समेतले संयुक्त रूपमा निवेदन दिएका छौं । ती `बाजे´ भन्नेले त पाणिणिको व्याकरण, मध्य चन्द्रिका, रचना केशर, राम्रो रचना मीठो नेपाली, चम्स्कीको व्याकरण सबै कण्ठस्थ गरेका छन् । `खरथोके´ फटफटानन्द कविले त इतिहास, ज्ञान विज्ञान धर्म संस्कृति सबै बुझेका रहेछन् । मास्टर, विद्यार्थी, नेता, वकिल, पत्रकारसमेत अलपत्र नपरुन् भनेर शब्दकोषबाटै केही उपसर्ग हटाउन` व्याकरणिक आन्दोलन´ को तयारी गर्ने विचार समेत गरेका छौं, भनेर भने ।

घर व्यवहारका लागि विभिन्न आन्दोलन गरेर खारिएकी मेरी `उनी´ ले `व्याकरणिक आन्दोलन प्रति खासै महत्व नदिएको जस्तो भाव प्रकट गरिन् । तै पनि आई.ए. पास गरेर, बिहे गरेकी, उनीलाई आई.ए को अनिवार्य नेपाली पढेका नाताले उपसर्ग थाहा नहुने कुरै भएन । कुन- कुन `उपसर्ग´हरु हटाउने विचार गर्नुभएको छ त पति महोदय ! भनेर कटाक्ष समेत गरिन्  ।

घर व्यवहारका लागि विभिन्न आन्दोलन गरेर खारिएकी मेरी `उनी´ ले `व्याकरणिक आन्दोलन प्रति खासै महत्व नदिएको जस्तो भाव प्रकट गरिन् । तै पनि आई.ए. पास गरेर, बिहे गरेकी, उनीलाई आई.ए को अनिवार्य नेपाली पढेका नाताले उपसर्ग थाहा नहुने कुरै भएन । कुन- कुन `उपसर्ग´हरु हटाउने विचार गर्नुभएको छ त पति महोदय ! भनेर कटाक्ष समेत गरिन्  ।

सम, परा, दुस्/ष् अति, नि, नि र दुर्हटाउने पाए सबैलाई पढ्न पढाउन बुझ्न सजिलो हुन्थ्यो भने । हुन्छ सजिलो । संगठनको सम हटाएर `गठन´ मात्र भन्ने, सम्पतिको सम हटाएर पति मात्र भन्ने ? पराजय भयो भन्नुलाई ´पर` हटाएर जय भयो भन्नू । दुष्चरित्रवान भएको लाई दुष्/स् हटाएर चरित्रवान भन्ने, ? निर्वाचनलाई निर् हटाएर ´वाचन´ मात्र भन्ने ? नि:शेषलाई नि हटाएर शेष मात्र भन्ने ? दुर्गामीको दुर् हटाएर `गामी´ मात्र भन्ने  ? दुर्बोध्यको दुर् हटाएर बोध भन्ने ? दुस्शासनको `दुस्´ हटाएर `शासन भन्ने जस्ता संस्कृत मूलकार त्यसबाट प्राकृत, हुँदै नेपालीमा प्रयोग हुने गरेका उपसर्ग ´र उपसर्ग लागेर बनेका शब्द र तिनको अर्थ, उपसर्ग नलगाउँदा हुने संगति विसंगति शब्दहरुको चाङ लगाइन् ।

`उपसर्ग´ त के कुरा `प्रत्यय´ पनि हटाउन पाउनु हुन्न । व्याकरण विदहरुले कत्रो दु:ख गरेर, उपसर्ग लगाएर हुन्छ कि ?,  प्रत्यय जोडेर हुन्छ कि ? समास गराएर, द्वित्व बनाएर हुन्छ कि ? भन्दै निर्माण गरिएका शब्दलाई तपाईंलाई पढ्न, पढाउन गाह्रो भयो भनेर आफ्ना स्वादले हटाउने ?

`उपसर्ग´ त के कुरा `प्रत्यय´ पनि हटाउन पाउनु हुन्न । व्याकरण विदहरुले कत्रो दु:ख गरेर, उपसर्ग लगाएर हुन्छ कि ?,  प्रत्यय जोडेर हुन्छ कि ? समास गराएर, द्वित्व बनाएर हुन्छ कि ? भन्दै निर्माण गरिएका शब्दलाई तपाईंलाई पढ्न, पढाउन गाह्रो भयो भनेर आफ्ना स्वादले हटाउने ?

"पति महोदयज्यू ! तपाईं `परज्ञा पारिस्थानमा´ जानु स्किघाट स्थान जानु स्तर नेपाली शब्दकोशका उपसर्ग भने हटाउन पाइने छैन । म त हिंडे स्वामी राजा मेरो मिटिङमा ! "भनेर म भन्दा अगाडि बाहिर निस्किन । घर छोडेर स्वाट्ठै निस्केर जान मनले मानिन । बाहिर निस्कदा लगाउने आउट डोर ड्रेस फुकालेर, इन्डोर ड्रेस लगाएर भूईँमा बसेंर सोच्न थालें, "परज्ञा पारिस्थान" ले हाम्रो उपसर्ग हटाइ पाऊँ भन्ने निवेदनमा के तोक लगाउँला हँ ?

  • खोपीराम लम्साल
  • चन्द्रागिरी १४ काठमाडौं
  • krlamsal2018@gmail.com

प्रतिक्रिया

सम्बन्धित खवर

Top