ट्रेण्डिङ

होमपेज / कला / साहित्य

`तेल किन्न लाई गा´की माई, कोल चाटेर आई´

नेपालगाथा २०७७ माघ १४ गते बुधबार २०:२७:५९ मा प्रकाशित

पुस-माघको पारिलो घाम । घरको छतमा गएर दरी-कम्मल बिछ्याएर, कमलो शिरानीमा टाउको अड्याउँदै पिठ्यु फर्काएर, पल्टेर घाम ताप्नुको बेग्लै मज्जा । त्यसैमा पनि अझै जाडो बिदा मनाउन मात्र आइपुग्ने विदेशिएका छोरा बुहारी, छोरी, ज्वाइँ, नाति नातिनीहरुसँगको बसाइमा कसको मन आनन्दित नहोला ?

"मलाई त के भयो, के भयो ! हिंजैदेखि टाउको दु:खेको दु:ख्यैछ । `भनन्न´ हुने गरि रिङ्गाटा पो आउन थाल्यो ।" भनेर म पल्टि रहेको कम्मलमा आएर थचक्कै बसिन् । सञ्चो नभए कि हस्पिटल लैजाऊँ ? भनेर सोधें ।" अहिले पर्दैन । दुई-चार दिन जति चिसोमा दौडाह-दौड भयो । नजाऊँ भने मौकाले पाएको किन छोडूँ, भनेर गइ हालियो।" भनेर भनिन् ।

राजनीति गर्नेलाई यस्तो उतार चढाव भइरहन्छ । सहन सिक्नु पर्दछ क्या  ! राजनीति गर्नेको तयस्तै हुन्छ, कहिले सिंहाशनमाथिको बास, कहिले चपरमुनिको बास । एउटै घटनाको रटनाले टाउको दुखायो कि क्याहो ? फेरि अर्को पटक पनि कहिलेकाहीँ यस्तै गरेर" मौकामा, चौका दाउ" हान्न पाइ हालिन्छ नि ! एकै पटकको झटका नै टाउको दुख्न थाल्यो भने तिम्रो राजनैतिक भविष्य के होला ? जनताले भोट नहाले के भयो र समानुपातिकको कोटामा परिहाल्छ्यौ कि ? भन्दै राजनैतिक-रंगकर्मीकी पात्र जीवनकी साथीलाई संझाउन थालें ।

"चुपलाग्नुस् । आफूलाई कत्रो पीर परेको छ । कत्राकत्रा र कस्ताकस्ता सपना बोकेकी थिएँ । पार्टीलाई सुदृढ कसरी बनाउने होला ? सिङ्गल गीत गाएर हुन्छ कि ? दोहरी गीत गाएर हुन्छ कि ? मजबुत बनाउने ईच्छा थियो । भूमीगत भएको पश्चगामी भुकम्पले थिला थिला पारेको र पार्दै गरेका जनता र मेरा सेता सुन्दर शान्त र शितल भवनहरुलाई पुन: सरकारी सहयोग, देशी, विदेशी अनुदान सहयोग लिएर, पश्चगमनलाई परास्त गर्दै, दृढ मनोबलका साथ चिरिच्याँट्टको घर बनाएर अग्रगमनको छलाङ मार्ने योजना थियो ।

मान, सम्मान कति हुन्थ्यो, कति हुन्थ्यो ! कत्रो मान र शान हुन्थ्यो होला ? कार्यकर्ताका माझमा बसेर आफ्नो ईच्छानुसार मनपरि बोल्न पाइने । कसैले प्रति प्रश्न गरेकोमा औला ठड्याउँदै, चूप लाग्नुस् । पार्टीको निर्णय नमान्ने, तपाईं को हो ? बढ्ता जान्ने ? म को हुँ चिन्नु भा´छ ? अनुशासनको कारबाहीमा परिएला, भनेर, थर्काउन पाइने, तै पनि किच–किच गर्यो भने, पार्टी सदस्यता खारिज गर्दिऊँ भन्न पनि पाइने । मानको कुरै अर्कै । घाँटीमा खादा, प्लेटमा नास्ता, फिल्टरको पानी, तातो चिया, चिसो चिया दुवै पाइने । दिन भरी अ.पा.नी. घोक्ने, घोक्दा घोक्दा घाँटी सुकेको बहानामा रातभरि धोक्ने । धोकेकै सुरमा पार्टीका गोप्य निर्णयहरु होटलमा भुक्ने सबै गुम्ने भयो ।

`तातै खाऊँ जली मरि जाऊँ ´ भनेको जस्तै गरेर टपाटप टिपेर मनोनीत गरे । पत्र हातमा नपर्दै,  लौ ! बधाई छ, मनोनीत भएकोमा भनेर बधाईको ओइरै लाग्यो । भोज कहिले खाने भनेर कार्यकर्ताले भन्नथाले । हुन्न भन्न पनि हिम्मत गर्न सकिएन । अलिकति बैंकमा भएको रकमसहित, नाकको नथिया र घाँटीमा लगाउने रानी हार बेचेर भोज खुवाएँ । दुई दिन पछि त........गुटमा लाग्यौं भनेर गुट प्रवेश सभामा मलाई नै सत्तेसराप पो गरे, मोरा, मोरीहरुले । हुनत आजभोलि कसैको विश्वास गर्नुछैन, ठूला नेता भन्नेहरु पनि उस्तै छन् । उधारोमा सबै पद बाँड्ने । नगदा नगदी गर्दिनु नि ? गुनासो गर्यो, पछि मिलाउँला भन्दै चूप्प लगाउन पठाउँछन् ।

उनीहरुको स्वार्थ लिप्सामा एवं अफ्ट्यारो परेमा तपाईं त ठूलो क्रान्तिकारी , जहिले पनि परिवर्तनकारी सोचका धनी भनेर कानमा खुस-खुस गर्दै फुर्क्या‌उँछन् । स्वार्थ पूरा भयो भने किक हानेर हुत्याउँछन् । मानको कुरै छोडौं, अपमान गर्न पाइदैन भनेर चिच्याउँदा पाइदैन भनेर भन्दा पनि सुन्दैनन् । कस्तो अचम्म ! भनेर पार्टीदेखि, पाटीसम्म, कथादेखि व्यथासम्म, रटनादेखि घटनासम्मका चाहनाको बिलौना सुनाउन थालिन्।

सिद्धान्तको लागि राजनीति गरेको भए पो, विचार विमर्श हुन्छ, घिचान्तका लागि राजनीति गर्नेलाई, जता ठूलो भाग, उतैतिर लाग, गर्नेलाई यस्तै हो । अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि बढीमा तीन महिने नियुक्ति पाएकी थियौ, तै पनि एकमहिना मै चट्, भन्दिऊँ जस्तो लागेको थियो।

मलिन अनुहार बनाएर टाउको समातेर बसेकी संगिनीलाई सुमसुम्याउँदै भने, उदास नहोऊ प्रिय, तिमी बाटोको एक छेउमा उभिएकीलाई टपक्क टिपेर बनाएकी सदस्यले अवकाश पाउँदा त यत्रो चिन्ता परेर टाउको दुखेको छ भने झन् बीच बाटो मै थपक्कै बसेर दृढतामा बसेका अध्यक्ष, उपाध्यक्ष, सचिब, सहसचिब, कोषाध्यक्ष, प्रवक्ता, मन्त्री मन्त्रानीको नियुक्ति पाएकाहरुको महिना दिन नपुग्दै अवकाश पाउँदा टाउको मात्रै होइन मुटु, कलेजो, आन्द्रा-भूँडीसमेत दुखेको होला । तिनीहरुलाई हेरेर चित्त बुझाऊ भनेर संझाउन थालें ।

लुडो खेल खेलिरहेकी छोरीले टाढैबाट कराएर केको पीर मान्या मम्मी ! अवकाश प्राप्त अध्यक्षदेखि सदस्यसम्म सबै मिलेर पार्टी संगठन खोल्ने । संगठनमा पनि एकता (एकता ?) भनीरहनु नपर्ने, भनेर प्याच्च बोलिन् । सोही खेलमा रमाइरहेको छोरोले पनि गीत गुन्गुनाउँदै थियो, "तेल किन्न लाई गा´की माई, कोल चाटेर आई ओ हो ! ओ हो !" यता आमा चाहिँ दुखेको टाउको छतमा ठोक्दै थिइन् ।

  • खोपीराम लम्साल
  • krlamsal2018@gmail.com
  • चन्द्रागिरी-१४, काठमाडौं

प्रतिक्रिया

सम्बन्धित खवर

Top