ट्रेण्डिङ

होमपेज / कला / साहित्य

अनिल र अस्मिताको 'जनकपुरे रेल'मा सरोज र आश्माको नृत्य (भिडियाेसहित)

नेपालगाथा २०७७ पौष २३ गते बिहीबार १९:५९:४१ मा प्रकाशित

काठमाडौं । गायक अनिल जोशी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'जनकपुरे रेल' बोलको गीतमा जगत तिरुवाले र्‍याप हानेका छन्। गायक जोशीले तयार पारेको शब्दमा जोशी र तिरुवाले संयुक्त रुपमा संगीत भरेका छन्। गीतको एरेन्ज भने मोहित मुनालले गरेका छन्।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ। माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल स्टेप-अप आर्ट एकेडेमीको करियोग्राफी रहेको छ। उत्सव दाहालले खिचेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ। भिडियोको निर्माता नवराज शर्मा हुन्।

(भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top