ट्रेण्डिङ

होमपेज / कला / साहित्य

दुई किनार भयौँ हामी , भेट्न सकिन

नेपालगाथा २०७७ पौष २१ गते मंगलबार १०:२५:५५ मा प्रकाशित

दुई किनार भयौँ हामी , भेट्न सकिन ।
याद बनी मनमा रह्यौ , मेट्न सकिन ।।

छाती पोल्छ मुटु जल्छ , सहुँ कसरी ।
मर्न भनी आफ्नो गला , रेट्न सकिन ।।

गोरो रुप चिप्लो बोली , चाल कपटी ।
मुहार हेरी मनको कालो ,देख्न सकिन ।।

झर्यो आशुँ भिज्यो गह , गयो सुकेर ।
आशुँले नै मेरो ब्यथा , लेख्न सकिन ।।


उषा भट्ट, नुवाकोट

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top