ट्रेण्डिङ

होमपेज / कला / साहित्य

स्वरसम्राट नारायणगोपालको ३० औँ स्मृति दिवस मनाईँदै

नेपालगाथा २०७७ मंसिर १९ गते शुक्रबार ०८:३०:४८ मा प्रकाशित

काठमाडौँ । स्वरसम्राट नारायणगोपाल गुर्वाचार्यको ३० औँ स्मृति दिवस शुक्रबार मनाईँदै छ। नेपाली सुगम संगीतका अजम्बरी गायक नारायणगोपालको सम्झनामा यो वर्ष कोरोना भाइरसको महामारीका कारण भिडभाडयुक्त कार्यक्रम हुने छैनन्, तर सीमितको सहभागितामा कार्यक्रम हुँदैछन्। वि सं १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो।

विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३५ भन्दा धेरै गीत गाएका छन्। उनले आधुनिकसँगै डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका छन्। उनले गाएको ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’ लगायतका गीत अहिले पनि उत्ति नै रुचाइएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top