ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘तिम्रो प्यारमा छु’ को म्युजिक भिडियो सार्वजनिक

गायिका अस्मिता अधिकारी

नेपालगाथा २०७७ आश्विन २७ गते मंगलबार १५:३६:३८ मा प्रकाशित

काठमाडौं । गीतकार अनु शाहको शब्द रचना रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ। नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

गोदावरीमा छायाङ्कन गरिएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ। भिडियोमा बुद्ध थापाको छायाङ्कन , विकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

अमेरिकामा रहेर साहित्य र संगीतमा क्रियाशील गीतकार शाहले यस गीतलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्णमा आग्रह गरेकी छिन्।

(भिडियाे‌)

प्रतिक्रिया

सम्बन्धित खवर

Top