होमपेज / कला / साहित्य
काठमाडौं । अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाउदै स्तरिय सिर्जनाहरु निरन्तर सार्वजनिक गरिरहेका गायक , गीतकार तथा संगीतकार दावा गुरुङले आफ्नो नयाँ गीत ‘हिजो जस्तो लाग्छ’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। दावा गुरुङ र वानिका प्रधानको युगल स्वरमा रहेको यस कर्णप्रिय गीतमा शब्द , संगीत स्वयम् गायक दावा गुरुङको नै रहेको छ। यस गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पलहरुको स्मरण गरिएको छ। भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।
(भिडियाे)