होमपेज / कला / साहित्य
काठमाडौँ । हाँस्यकलाकार जितु नेपालले संचालन गर्दै आएकाे मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौलालाई हटाइएको छ। कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी उनलाई हटाएर उनको ठाउँमा नायिका करिश्मा मानन्धरलाई राखिएको हो।
अब प्रशारण हुने कार्यक्रमहरुमा दिपाश्रीको ठाउँमा नायिका मानन्धरले अध्यक्षता ग्रहण गरेकाे देखिनेछ। कोरोना महामारी पश्चात स्थगित भएको उक्त कार्यक्रम छिट्टै प्रशारण हुने बताइएको छ।
मुन्द्रेको कमेडी क्लबबाट हटाइएपछि दिपाश्रीले सामाजिक संजाल मार्फत दोस्रो सिजनकाे कार्यक्रममा धेरै परिवर्तन भएको भन्दै कार्यक्रमको अध्यक्षता ग्रहण गर्न मौका दिएकोमा धन्यवाद दिएकी छन्। साथै उनले भविष्यमा कुनै न कुनै प्रकारले टेलिभिजन कार्यक्रममा जोडिने वाचा पनि गरेकी छन्।
दिपाश्रीले सामाजिक संजालमा यसो लेखेकी छिन्
नमस्कार
मुन्द्रेको कमेडी शो को पहिलो सिजन सकिएर दोस्रो सिजन सुरू हुँदैछ। यस्को लागि कार्यक्रममा धेरै परिवर्तनहरू पनि गरिएको छ। फेरी त्यहि माया र सद्भभाब कार्यक्रमलाई निरन्तर प्रदान गर्नुहुन्छ भन्ने आशा गरेकी छु।
मलाइ पहिलो सिजनका लागि अध्यक्षको रूपमा चुनेर त्यो रमाइलो कुर्सिमा राख्ने प्रिय जितु भाइलाई धन्यवाद! यस्तै गरेर मलाई हौसला दिने शशि सर, पुष्प सर निर्देशक रबिजी लगायत सम्पूर्ण टिमलाई मनै दैखि धन्यवाद, त्यो भन्दा पनि धेरै धन्यवाद आदरणीय दर्शकहरू- जसले हाम्रा कमी कमजोरीहरूलाई नजरअन्दाज गरेर कार्यक्रमलाई स्विकार गरिदिनु भयो !
निकट भविष्यमा टेलिभिजनको पर्दामा केहि फरक कार्यक्रम सहित उपस्थित हुनेछु। सम्पूर्ण दर्शकहरूमा नमन ।
