ट्रेण्डिङ

होमपेज / कला / साहित्य

देविका राउटे अब ‘मदानी’ भिडियोमा मोडेल

राउटे समुदायबाट पहिलो मोडेल बनिन् देविका

नेपालगाथा २०७७ आश्विन १७ गते शनिबार १२:२१:५२ मा प्रकाशित

सुर्खेत । गायक नवीन पौडेलको पहिलो कोसेली ‘मदानी’ मा लोपोन्मुख राउटे समुदायकी देवीका राउटेले अभिनय गरेकी छिन् । नयाँ र फरक काम गर्न रुचाउने गायक नवीनले पहिलो पटक राउटे समुदायबाट देवीकाले मोडलिङको अवसर पाएको बताए ।चर्चित गायिका टीका पुन र गायक नवीन पौडेलको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘मदानी’ डिवि क्रियसन मार्फत बजारमा सार्वजनिक भएको हो ।

युवा युवती बीचको त्रिकोणात्मक प्रेमका भावलाई समेटिएको गीतमा पहिलो पटक राउटे समुदायको प्रतिनिधित्व भएकाले पनि दर्शक तथा स्रोतले मन पराउनेमा आफु आशावादी रहेको गीतका सर्जक देव बोहराले बताए । देव बोहराको शब्द तथा भेग श्रीपालीको लय सिर्जना रहेको गीतलाई अमित विश्वकर्माले छायाँकन गरेका हुन् ।

गीतलाई अनुप विश्वकर्माले सम्पादन तथा दिपक साउदले  निर्देशन गरेका छन् । मदानीमा देवकी राउटे र लोकेश कुँवरको अभिनय रहेको छ ।

(भिडियो‌)

प्रतिक्रिया

सम्बन्धित खवर

Top