ट्रेण्डिङ

होमपेज / कला / साहित्य

साउने झरी

रामदत्त भट्ट

नेपालगाथा २०७७ भाद्र ९ गते मंगलबार १३:११:५२ मा प्रकाशित

आयो है आयो, साउने झरी गरेर मनपरी ।
बगाई लग्यो घरखेत, लौन बाच्ने हो के गरी ।।
बास बस्न छैन, गास पनि छैन, पिर पर्यो मलाई ।
दुःखको बेला बेदना मेरो, पोखम म कसलाई ।।
किन हो यस्तो प्रकृति पनि बनेको निष्ठुरी ।
प्रकृति माथि गरेको हँुदा मान्छेले मनपरी ।।
जताततै वनपाखा भरी बिरुवा काटेको ।
त्यसैले होला ठाउँ ठाउँमा पृथ्वी फाटेको ।। 
पृथ्वी हाम्रो साझा घर हो संरक्षण यसको गराै‌ं ।
हरा भरा चारै तिर सुन्दर यसलाई पारौँ ।।
मानव जाती बुझौन हामीले, बिपत्ती किन आयो ।
मनपरी गर्यौं धर्ती माथि तबत दुःख पायौं ।।
 कञ्चनपुर

प्रतिक्रिया

सम्बन्धित खवर

Top