होमपेज / कला / साहित्य
दिनदिनै अनेक थरी समाचार बनाइन्छ ।
भ्रमित पार्ने कठपुतली अवतार बनाइन्छ ।।
एन्टिभाइरस बिक्री हुन्छ भाइरस सल्काएर ।
औषधिको व्यापार गर्न बिमार बनाइन्छ ।।
नि:स्वार्थमा सेवा गर्ने अपराधी बनेका छन् ।
राजनैतिक लुटेरालाई अपरम्पार बनाइन्छ ।।
कुर्सीमाथि बसेपछि सधै चाड सधैं छुट्टी ।
उनीहरुकै मन मर्जीमा शनिबार मनाइन्छ ।।
न त कुनै लक्ष्य नै छ न त कुनै उद्देश्य नै ।
नेपालमा क्या गज्जबको सरकार बनाइन्छ ।।
छाप्दैनन् ती गरिबी र भोकमरीका खबरहरू ।
हुने खानेकै फोटो छाप्न अखबार बनाइन्छ।।
ललितपुर