होमपेज / कला / साहित्य
पत्रे चट्टान जस्तै कडा रुप लिएर ।
आउ छर उजेलो त्यो अध्याँरो बस्तीहरुमा ।।
गरिब र धनी बीचको दुुरी घटाउने यन्त्र बनेर ।
विकास र अवसरमा समानता ल्याईदेऊ तिमी ।।
विकासका बाटाहरु पहिल्याऊ यसरी नै ।
कुुना–कुुना बस्तीहरुमा छाईदेऊ तिमी ।।
तिम्रो अभाव महसुुस भएको छ यो देशलाई ।
बाँधिएका हातहरु अब फुुकाईदेउ तिमी ।।
चुुनौतिहरुले बाटो रोकेका छन् ।
सधै भरी चहकिलो बनी विकासको बिऊ छर तिमी ।।
देशभक्तिको कमी भयो ज्ञानसार बाँडेर ।
गाउँ बस्ती र टोललाई उजेलो बनाउ तिमी ।।
यहाँ नीति नियम देखाउनलाई बनाईन्छ ।
कुरा एउटा अनि ब्यवहार अर्को देखाईन्छ ।।
भन्ने र सुन्नेको मात्र दिन आउन थाल्यो ।
विश्वासको वातवारणमा खडेरी छायो ।।
आउ तिमी अब नैतिकताको शिक्षा पढाउँ ।
जन्मभूमिको उपदेशका केही अक्षर सिकाउँ ।।
अब फर्क आफनै देश अनि गर पौरख ।
यही चढौला गाडी मोटर सरर ।।
युुग बितिसक्यो कहिले गर्छौ तरखर ।
हरेक चुुनैतीहरुलाई पाखा लगाईदेऊ तिमी ।
खुुसी भएर जिउने कला सिकाईदेऊ तिमी ।।