होमपेज / कला / साहित्य
सुर्खेत । सर्जक तथा गायक रेशम वलीले तिजको गित बजारमा ल्याएका छन् । जमिनै थरर भुइचालाले, क्यारी बिर्सु माइती घर यहि चालाले बोलको गितमा गायिका टिका पुनले सुमधुर स्वर दिएकी छन् भने शब्द संगित रेशम वली र कविराज गिरीले गरेका छन् ।
यस गितमा विषेश गरी माइती र चेलीको वेदनालाई चित्रण गरिएको छ । वर्षदिनमा आउने तिजमा पनि माइत जान नपाउदाको पिडा अनि आफ्नो दिदिबहिनी, साथीभाइहरुसंग वर्षौँसम्म भेट्न नपाउँदाको पिडालाई गितमा प्रस्तुत गर्न खोजिएको छ ।
बराहताल मुभी हाउसले छायांकन गरेको यस गितको निर्देशन चन्द्र मन्दिर मगरले गरेका हुन् । साथै भिडियोको छायांकन तथा सम्पादन चानस पुन मगरले गरेका छन् । यस गितमा सुधा कार्की, अस्मिता गुरुङ, लक्ष्मी गिरी, जानकी शाही र लक्ष्मी शाहीको मुख्य मुख्य भूमिका रहेको छ ।
https://www.youtube.com/watch?v=ra2apOOPxQw