होमपेज / कला / साहित्य
एक म छु सम्झिन जानेको एक तिमी छौ बिर्सन जानेको
जिन्दगी यस्तो कसरी भयो न ओर्लिन न उक्लिन जानेको
हिजो रुघा लाग्न नदिने आमा थिइन आडस दिने बा थिए
आज तिमी छौ एक ऐतिहासिक प्रेमी सुझाब दिन जानेको
कति भिन्नतामा रहेछ भनेर जाच्दैछु सम्बन्धका रेखाहरु
आखिर को छ र हासी हासी मझधारमा उभिन जानेको
कतै दुखाईहरुको ऐना छ कतै पिडाको पर्दा छ लागेको
एक यो मन त रहेछ सिसाझै पटक पटक टुक्रिन जानेको
जाउ अझै पर जाउ मेरा सपनाहरु भन्दा पनि अझै पर
पर्खिरहन्छु युगयुग सम्म म मान्छे हु मात्र पर्खिन जानेको