होमपेज / कला / साहित्य
काठमाडौं । हास्य कलाकार तथा मोडल सागर लम्साल ‘बले’को नयाँ म्युजिक भिडियो ‘धोका भो’ सार्वजनिक भएको छ । गितमा सागर बिल्कुलै फरक अवतारमा देखिएका छन् ।
सार्वजनिक गीतमा सन्तोष सुनारले शब्द, संगीत तथा स्वर रहेको छ । मनोज बस्नेतको निर्देशनमा बनेको भिडियोलाई रामकुमार केसीले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।
भिडियोका लेखक तथा सहायक निर्देशक राजिव समर हुन् । भिडियोमा सागर दलित युवाको भूमिकामा प्रस्तुत भएका छन् । दलित भएकै कारण आफ्नो प्रेममा परेको बाधालाई भिडियोमा देखाइएको छ । भिडियोमा सागरको जोडीका रुपमा रोशनी कार्की देखिएकी छिन् ।
भिडियाेकाे लागि तलकाे लिंकमा किलिक गर्नुहोस ।
https://www.youtube.com/watch?time_continue=274&v=FyI11Gqer2w&feature=emb_title