ट्रेण्डिङ

होमपेज / कला / साहित्य

दिपाश्रीलाई माफी दिन आग्रह 

नेपालगाथा २०७७ असार ३१ गते बुधबार ११:३६:०८ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका छन् । आफ्नो फेसबुक मार्फत एक भिडियो सार्वजनिक गर्दै हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन् ।

आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिकाविरुद्ध दर्शकले गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन उनले आग्रह गरेका छन् । 

राजेशले दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मानवीय हिसावले आत्मसममानमा ठेस नपुग्ने गरी संयमित भएर प्रतिक्रिया जनाउन अपिल गरेका छन् ।  दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा महानायक पनि हुनुहुन्छ र ?

भनेपछि राजेश हमालका फ्यानले उनलाई गाली गरिरहेका छन् । दीपाश्रीले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि उनलाई गाली गर्ने क्रम रोकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top