होमपेज / कला / साहित्य
सुर्खेत । लोक तथा दोहोरी गाएक प्रशान्त खड्काको सन्देशमुलक तिजको गीत ‘माइत आउली’ बजारमा आएको छ । प्रशान्त खड्का र निरुता खत्रीको स्वर तथा प्रशान्त खड्काको लय रहेको तिज गित मंगलबार बजारमा ल्याइएको हो ।
गीतमा शब्द बिबि आले, गशेण बोहोरा रहेको छ भने अभिनय टंक तिमिल्सीना, पूर्णिमा गुरुङ्ग, बिबि आले, निर्मला क्षेष्ठ र संजोग थापा मगरको रहेको छ । भने दिपक अधिकारीले छायाँकन गरेका छन् । गाएक खड्काले कोरोना भाइरसलाई लक्षित गरेर सन्देशमुलक गीत बजारमा ल्याएको बताए ।
नेपाली संकृति परम्परा अनुसार तिजको समयमा चेलीबेटीहरु माइत आउने चलन छ । गितमा कोरोना भाइरसको महामारी फैलिएका कारण कोरोनाको अन्त्य भए माइत आउली भनिएको छ । गीत प्रसान्त खड्का युटुव क्यानलबाट बजारमा आएको छ ।
गीतकाे लागि तलकाे लिंकमा जानुहोस
https://www.youtube.com/watch?v=HUXl9xZZrxY