होमपेज / कला / साहित्य
काठमाडौं । नेपाली कथानाक चलचित्र ‘ए मेरो हजुर ४’ यो वर्षको दशैँमा रिलिज हुने तयारीमा थियो । युवास्टार अनमोल केसी र नायिका सुहाना थापा अभिनित यस चलचित्रको ३० प्रतिशत बढी छायांकन पनि सकिएको थियो ।
चलचित्रको निर्माण टिम छायांकनसँगै चलचित्र पूरा गर्न अन्य आवश्यक कामलाई अगाडि बढाइरहेको थियो तर लकडाउनले निर्माण टिम र प्रिप्रोडक्सनको कामसमेत अगाडि बढ्न सकेको छैन ।
लामो समयको लकडाउनका कारण नेपाली चलचित्र क्षेत्र ठप्प भइरहेको अवस्थामा निर्माता सुनीलकुमार थापा र निर्देशक झरना थापासहितको टिमले दशैँमा चलचित्र रिलिज नगर्ने निर्णय गरेको हो ।
यो टिम अब लक डाउन खोलेर सरकारले सुटिङका लागि अनुमति दिएपछि काम सुरु गर्ने तयारीमा छ । तर, दशैँसम्म खुल्ने वातावरण नबन्ने देखिएको छ । यसैले पनि चलचित्रको काम सकेर बस्ने तर रिलिजका लागि तत्काल निर्णय नलिने निर्माता सुनिलकुमार थापा बताएका छन् ।