ट्रेण्डिङ

होमपेज / कला / साहित्य

मन्दिरमा देउता नखाेज

अन्जु स्मारिका

नेपालगाथा २०७७ जेठ २२ गते बिहीबार ११:२६:४५ मा प्रकाशित

सरकार बसेको छ सालिक बनेर पत्थर बनेर ।
हरेक मान्छे बाच्न चाहान्छ आत्म निर्भर बनेर ।।


तिमी संकटको बेला मन्दिरमा देउता नखोज ।
देउता आउछन नर्स बनेर कहिले डाक्टर बनेर ।।


यो समय, परिस्थितिले मेरो केही बिगार्न सक्दैन ।
गरिबीले छातिमा प्रहार गरिसक्यो खन्जर बनेर ।।


मुनाको मुस्कान सम्झनु हरेक युद्द लड्नु तिमी ।
हाम्रो प्रेम बाचिरहोस युगयुग अजर अमर बनेर ।।


म मुग्लान जान पाईन त्यो मेरो सौभाग्यनै थियो ।
आउन त आएको थियो राहदानी भरखर बनेर ।।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top