ट्रेण्डिङ

होमपेज / कला / साहित्य

बोधार्थ

अन्जु स्मारिका

नेपालगाथा २०७७ जेठ २१ गते बुधबार १०:३७:३० मा प्रकाशित

मैले लेखेर पनि
खुलेयाम पढ्न सकिन
प्रेमको पुरै अध्याय!
र तिमिलाई लाग्यो
मलाई प्रेमको पुस्तक
पढ्न आउदैन
उसो त मलाई
नआउने धेरैकुरा छन
जस्तोकि ,
मन बाधेर राख्न सक्दिन
आशु देखाउन सक्दिन
मुस्कान लुकाउन सक्दिन
चित्त नबुझेको कुराहरुमा
यस्तै त होनि भनेर
चित्त बुझाउन त झन
चाहेर पनि सक्दिन
बुझेरपनि बुझाउन सकिन
जीवनको बास्तबिकता
र तिमिलाई लाग्यो
मैले केही बुझेकी छैन
केही सोचेकी छैन जीवनको बारेमा,
पोखिन त म पनि पोखिन्छु नि
आफ्नै परेलीबाट हरेक रात
बिहान उठ्दा
झरना बनिसक्छन
आशुहरु त म के गरु?
अरुले नसुन्नेगरी सुस्काउछन
ओठहरु त म के गरु
सब ठिकठाक जस्तै
चलिहाल्छ जीवन
उसैगरी
दुखाईहरुमा अरुलाई गुहार्न आउदैन
सहानुभूति समेट्न आउदैन
जो कोहिलाई बिस्वास गर्न आउदैन

आज आफैलाई चिठी लेखेर
तिमिलाई बोधार्थ पठाईरहेकी छु
म एक झरना हुँ
जो झरेर पनि सौन्दर्य पस्किन्छु
रोएरपनि मुस्कान बक्सिन्छु
चुपचाप तैरन्छु आफ्नै भावहरुमा
रमाउछु आफ्नै छालहरुमा
एक मिठो धुन बनेर !
एक मीठो सगुन बनेर
हो म मान्छु प्यारा ...
मलाई नआउने धेरै कुरा छन !!
जस्तोकि,
तिमिलाई बिर्सन...
अरुलाई सम्झिन...

प्रतिक्रिया

सम्बन्धित खवर

Top