होमपेज / कला / साहित्य
काठमाडौँ । हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले चेतनामुलक भिडियो ‘लिपुलेक’ सार्वजनिक गरिरहेका छन् । सार्वजनिक भिडियोमा छिमेकीले जग्गा मिचेर बाटो बनाएको तर नेपालका नेताहरुले कुनै पनि कदम चाल्न नसकेको कुरालाई उल्लेख गरिएको छ ।
भिडियोमा सितारामको दुइवटा गेटअप देख्न सकिन्छ । भिडियोले नेताले नसके जनता आफैले नेपालको जमिन फिर्ता ल्याउन सक्छन् भन्ने भाव पस्केको छ ।
सुदिप बरालको छायांकन र सम्पादनमा तयार भएको यो भिडियोमा सिताराम र कुञ्जनाले नै निर्देशनको जिम्मा सम्हालेका छन् । नेपालको भुमी मिचेर भारतले बाटो बनाएपछि देशभित्र यसको सर्वत्र विरोध भैरहेको छ । सरकारले लिपुलेक समेटेर नेपालको नक्शा जारी गर्ने बताइसकेको छ ।
भिडियाे
<iframe width="560" height="315" src="https://www.youtube.com/embed/J_4amxGWU4c" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>