ट्रेण्डिङ

होमपेज / कला / साहित्य

निर्मला पन्त हत्यामा आधारित चलचित्र ‘कोपिला’ अब डिसहोममा

नेपालगाथा २०७७ बैशाख ३० गते मंगलबार ०८:२५:३८ मा प्रकाशित

काठमाडौं । बलत्कार पछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम मा आजबाट हेर्न पाइने भएको छ ।
दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन् । बैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा भन्दा पहिला आफ्नो टेलिभिजनमा हेर्न पाउने छन् ।

चलचित्रका निर्देशक शिभम अधिकारीले कोरोना भाईरसको कारण सिनेमाहल सञ्चालनमा आउन ढिलाई हुने भएका कारण लकडाउनमा बसेका दर्शकहरुको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानल मार्फत चलचित्र प्रर्दशन गराउन लागिएको जानकारी दिए ।

साथै चलचित्र प्रर्दशनबाट आएको रकमबाट दश प्रतिशत स्व निर्मला पन्तको परिबारलाई प्रदान गरीने निर्माता गौतमले बताए । चलचित्रमा निर्मलाको पात्रमा कोपिलालाई उतारिएको छ । बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधि पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रले बोल्ने निर्देशक अधिकारीले बताए ।

गणेश गिरिको प्रस्तुति रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्मातामा सुबास काफ्ले तथा निर्मातामा समिर मिया र रामेश्वर कार्की समेत रहेका छन् ।

चलचित्रमा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ । अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलसंगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top