ट्रेण्डिङ

होमपेज / कला / साहित्य

जीवन लुइँटेलको कविता

नेपालगाथा २०७७ बैशाख २६ गते शुक्रबार १३:०२:१८ मा प्रकाशित

काठमाडौँ । लामा समय सम्म नेपाली फिल्मदेखि टाढा रहेका अभिनेता जीवन लुइँटेल अहिले अमेरिकामा रहेका छन् । कुनै बेला नेपाली फिल्म वृत्तमा चकलेटी हिरोका रूपमा खुुब जमेका लुइँटेल केही दिनअघि एक्कासि फेसबुक लाइभमा देखिए, अमेरिकामा कोरोनाको अवस्थासहित सचेतनाको सन्देश लिएर । त्यसबेला कतिपय उनका प्रशंसकले उनको पुरानो परिचय सुनाइदिए, अनि कतिपयले कविता वाचन गर्न आग्रह गरे ।

सायद यसले जीवन पनि नोस्टाल्जिक भए, त्यसैले त उनी आफ्ना प्रशंसकमाझ पुन फेसबुक लाइभ आए तीन कविता सहित । फिल्मवृत्तमा आउनुु अघि उनी विराटनगरमा कविता वाचन गर्थे । त्यतिबेला उनको साहित्यिक नाम थियो ‘जीवन लुुइँटेल वैशाखी’ । अभिनय तिर लागेपछि उनले वैशाखी छाडि दिए । ‘अब फेरि त्यही वैशाखी सहित आएको छु,’ फेसबुक लाइभमा कविता सुनाउनुु अघि जीवनले प्रशंसक सँग भने ।

जीवनले लाइभमा निर्देशक प्रकाश सायमीको ‘तिमीलाई देखेको समय’, अभिनेता राजबल्लभ कोइरालाको ‘बदलिन पाए हुन्थ्यो तिम्रै निम्ति भएपनि’ शीर्षकका कविता वाचन गरे । त्यसपछि आफैंले लेखेको पुस्तक ‘नायक’मा समावेश आफ्नै कविता ‘स्मृतिमा तिमी’ सुनाए । कविता शाहरूखको हिन्दी चलचित्र ‘मोहब्बते’ हेरेर आएको रात लेखेको समेत उनले सम्झिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top