ट्रेण्डिङ

होमपेज / कला / साहित्य

२३ वर्षमा सुहाना

नेपालगाथा २०७७ बैशाख २६ गते शुक्रबार १२:३६:४९ मा प्रकाशित

काठमाडाैँ । नायिका सुहाना थापाकाे अाज जन्मदिन हाे । निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् सुहाना अाजबाट २३ वर्षमा प्रवेश गरेकि छन् । सुहानालाई जन्मदिनको अवसरमा धेरै चलचित्रकर्मी तथा उनका शुभचिन्तकहरुले शुभकामना दिइरहेका छन् ।

नायिका सुहाना चलचित्र ‘ए मेरो हजुर ३’बाट चलचित्र क्षेत्रमा भित्रिएक हुन् । उनले एउटा मात्र चलचित्रमा अभिनय गरेपनि करिअरको छोटो समयमा नै गज्जबको क्रेज बनाएकी छिन् । उनी हाल दोश्रो चलचित्र ‘ए मेरो हजुर ४’मा काम गर्दै्छिन् । यो चलचित्रमा उनको जोडीको रुपमा नायक अनमोल केसीले काम गरिरहेका छन् ।

सुहाना ‘कृष्ण भगवान’को भक्त हुन् । शाहाकारी नायिका थापा अमेरिकामा अध्ययन गरिेर फर्किएकी हु्न् । निर्देशक झरना थापा छोरी सुहानालाई नायिका बनाउन चाहन्थिन् । तर, यति चाडै छोरीलाई चलचित्र क्षेत्रमा भित्राउने उनको योजना भने थिएन ।

मिडिया र दर्शकले समेत सुहाना नायिकाका लागि फिट भएको सुझाव दिइरहेको समयमा चलचित्र ‘ए मेरो हजुर ३’मा नायक अनमोल केसीलाई साइन गरे लगत्तै उनले छोरीलाई चलचित्रको लागि तयार रहन भनेकी थिइन् । उनले, गतबर्ष चलचित्र ‘ए मेरो हजुर ३’बाट ‘कामना फिल्म अवार्ड र डी सिने अवार्ड’मा ‘उत्कृष्ट नव–नायिका’को अवार्ड पनि जितेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top