होमपेज / कला / साहित्य
दुरी नजिक तर मन टाढा
दुरी टाढा तर मन नजिक
नजिक हुँदा पराही भएको
टाढा हुँदा आफ्नै सम्झेको बिर्सीएको छैन ।
संगै हुँदाको त्यो खुसी
बिछोड हुँदाको त्यो पिडा
संगै हुँदा नचिनेको माया
टाढा हुँदा चिन्दा पनि खुसी भएको
त्यो क्षण बिर्सीएको छैन ।
तिमी नै भन्थ्यो
सयमले टाढा हुँदा माया बसाल्यो
अब मिलन पनि चाँडै हुन्छ भनेर
संगै हुँदै टाढा, टाढा हुँदा नजिक
फेरी संगै हुन लाग्दा सदाको लागि टाढा बनाउने
त्यो समयलाई बिर्सीएको छैन ।
मैले अहिले पनि तिमीलाई पछ्याइरहेको छु
तिमीले पो के गर्छौ थाहा छैन
समयले गराएको हतारको यात्रामै
बसबाट भएको अन्तिम कल बिर्सिएको छैन ।
बसन्त भण्डारी
दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका ६