ट्रेण्डिङ

होमपेज / कला / साहित्य

अमेरिकन आइडलको उत्कृष्ट दशमा पुगे दिवेश

नेपालगाथा २०७७ बैशाख २२ गते सोमबार १९:००:३१ मा प्रकाशित

काठमाडौँ । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको दश उत्कृष्टमा पुगेका छन् । ‘आर्थर गन’ उपनामले चिनिने गायक पोखरेल अमेरिकन आइडलको यति माथि पुग्ने उनी पहिलो नेपाली हुन् । २२ वर्षीय पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन् । ६ वर्षअघि अमेरिका आएका हुन्। कोभिड १९ का कारण गत सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिदैंछ । गत सातादेखि नै प्रतिस्पर्धीलाई भोट दिन मिल्ने भएको छ । पोखरेलको भोटिङ्ग कोड १६ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top