ट्रेण्डिङ

होमपेज / कला / साहित्य

उभौली चार्डको पूजा, नाच स्थगित

नेपालगाथा २०७७ बैशाख १८ गते बिहीबार १७:४०:५६ मा प्रकाशित

काठमाडौँ । किरात जातिको चार्ड उभौलीको पूजा र नाच स्थगित भएको छ । चाडमा सार्वजनिक स्थलमा पूजाआजा र नाच प्रदर्शन नगर्ने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)ले गर्दा किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवार लगायत जातिले घर–घरमा पूजामात्र गरेर मनाउन संस्थागत निर्णय गरेका हुन् । तिथि अनुसार यो पटक वैशाख २५ गतेको उभौंली चाड परेको छ ।

‘कोरोना भाइरसको महामारीले संसारै लकडाउनमा छ,’ किरात समन्वय समितिका संयोजक तथा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष रणबीर सुनुवारले भने, ‘त्यसैले गर्दा यो पटक किरात चाड उभौली सार्वजनिक स्थलमा नमनाउने र नाच पनि प्रदर्शन नगर्ने निष्कर्षमा पुगेका छौं ।

किरात जन्य संस्थाहरूको आ–आफ्नो समुदायलाई त्यसै अनुसार सर्कुलर जारी गर्ने टुंगोमा पुगेका छौं ।’ समन्वय समितिले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएका हुन् । उक्त विज्ञप्ति किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज र नेपाल थामी समाजले जारी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top