ट्रेण्डिङ

होमपेज / कला / साहित्य

बलिउडका अभिनेता ऋषि कपुरको निधन

नेपालगाथा २०७७ बैशाख १८ गते बिहीबार ११:३३:२२ मा प्रकाशित

काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । ६७ वर्षको उमेरमा कपुरको बिहीबार निधन भएको हो । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वास सम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।
यस अघि बुधबार मात्रै बलिउडले एक चर्चित अभिनेता इरफान खानलाई गुमाएको थियो । ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top