होमपेज / कला / साहित्य
काठमाडौं । अमेरिकन आइडलको शीर्ष १० को छनोटका लागि नेपाली युवा गायक दिवेश पोख्रेल (अर्थर गन) ले भोटको अपिल गरेका छन् । आइतबारको प्रस्तुति सँगै विश्व प्रख्यात गायन रियालिटी सोमा भोटिङ सुरु भएको छ ।
एलिमिनेसन राउन्डबाट अघि बढ्न आफूलाई भोटको आवश्यकता रहेको दिवेशले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेका छन् । भोटले नै २० जना प्रतिस्पर्धीमा शीर्ष १० मा र्पुयाउने छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन । ‘अहिले सम्म मेरो यो सांगेतिक यात्रामा साथ दिनु भएको लागि सबैजनलाई धेरै–धेरै धन्यवाद भन्न चाहन्छु । यो आइतबार हाम्रो अमेरिकन आइडलको शीर्ष २० प्रस्तुति प्रिमियर हुन गइरहेको छ । यसमा अगाडि बढ्न मलाई हजुरहरुको भोटको आवश्यकता पर्नेछ । हजुरहरुले तीनवटा माध्यमबाट भोट गर्न सक्नुहुनेछ । एउटा टेक्स्टबाट, वेबसाइट र अमेरिकन आइडलको एपबाट एकजनाले ३० पटकसम्म भोट गर्न मिल्छ । त्यसकारण नबिर्सनु होला ।’
कोरोना भाइरसको महामारीका बीच पनि सोले आफ्नो बाँकी प्रस्तुती प्रशारणमा ल्याउने भएको हो । प्रतिस्पर्धीहरु आ–आफ्नो घरबाटै प्रसारणमा जोडिने छन् ।