ट्रेण्डिङ

होमपेज / कला / साहित्य

भद्रताको खोलभित्र बलात्कारी सोच 

यशु सापकोटा 'फूलमति' 

नेपालगाथा २०७७ बैशाख १३ गते शनिबार १४:२४:४५ मा प्रकाशित

दुराचरणले भित्र भित्र कुहिएकाहरु 
जनावर प्रबृत्तिका गिरेकाहरु
बरु कुकुर हुन्छ बफादार 
समय सङ आफ्नो औकात देखाउनेहरु 
आफ्नो दुर्बुद्धिले आफैंलाई 
ड्याम्म थिचेकाहरु 
झरेको पानीबाट ठोकिएर 
उछुटिएका बाछिटाहरु 
अरुको जीवनमाथि 
बिटुलो सोच राख्नेहरु 
भद्र खोल भित्र बलात्कारी 
सोच भएका जन्तुहरु 

कोरोना भन्दापनी खतरनाक 
धर्तीका भाइरसहरु 
आफ्नै चेलीबेटी पनि नाङा देख्नेहरु 
आफ्नो मानसिकतामा 
भवाङ परेको किन देख्दैन्न 
सभ्य र मीठो बोलिको 
गलत फाइदा लुट्नेहरु 
मिठो सम्झनाको अर्थ नबुझी 
रगरग गरेका सामन्तीहरु 
पुरुष भएर पनि 
पुरुषत्व नभएकाहरु
भद्र खोल भित्र 
बलात्कारी सोच भएका जन्तुहरु 

मिठा शब्दरूपी गुच्छाहरुलाई 
सैतानरुपि सोचले 
दबाउन खोज्नेहरु 
खोल हुँदाहुँदै 
लङ्गर देख्नेहरु 
आफू आफैं भित्र 
लोटन भएका हरु 
भद्र खोल भित्र 
बलात्कारी सोच भएकाहरू 

लौ आउ खेल 
निर्दोष बालिकाको रगतमा होलि 
 गिद्ध झैँ रमाउ लाशमाथी 
 सक्छौ भने 
तस्बिरमा माला लगाएर 
जिउँदै हुँदा 
लौ लेखिदेउ त्यही रगतले 
हार्दिक श्रद्धाञ्जली 
भद्र खोल भित्र 
बलात्कारी सोच भएका जन्तुहरु ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top