ट्रेण्डिङ

होमपेज / कला / साहित्य

ऊ अर्थात मेरो सरकार

निरज बाग

नेपालगाथा २०७७ बैशाख १३ गते शनिबार ०८:४०:४४ मा प्रकाशित

जब विश्वलाई कोरोनाले छुदै थियो;
ऊ देशमा पर्यटक भित्र्याउॅंदै थियो,
घरमा पाहुना कुर्दै थियाे ।


जब देशमा कोरोना भित्रियो;
ऊ सीमामा नागरिक रोक्दै थियो,
पिपिईमा कमिसन खोज्दै थियो,
डाक्टरलाई कार्बाही गर्दै थियो ।।
र,
जब अहिले देश कोरोनाले आक्रान्त बनेकोछ;
ऊ दरबारबाट अध्यादेश ल्याउॅंछ,
महारानीले जारी गरिबक्सन्छ ।।

र मैले सुन्छु, मेरो सरकार जनताप्रति उत्तरदायी छ रे, जिम्मेवार छ रे ।।

???? निरज बाग

प्रतिक्रिया

सम्बन्धित खवर

Top