ट्रेण्डिङ

होमपेज / कला / साहित्य

डराएको छ ।

राधा पाैडेल

नेपालगाथा २०७७ बैशाख १० गते बुधबार १२:३९:२० मा प्रकाशित

एउटा बटुवा डराएको छ,                                 
उसले हिड्ने बाटो बिराएको हैन, बाटै पो हराएको छ ।


संक्रमणको जोखिम र चोक चोकको चेकिङ देखि बटुवा डराएको छ,
विश्व मानव जगत नै सानो जीवदेखि डराएको छ । 


एक बटुवा मात्र होइन, आज शक्तिशाली विश्वको होस् हराएको छ, 
म सानो बबुरो को त के कुरा भो र,
छुरा, भाला लिएर दिनरात दादागिरी देखाउने डन डराएको छ ।


विश्व मानव जगतको मन डराएको छ, 
शक्तिशाली राष्ट्रको आज शक्ति र धन हराएको छ ।


भेन्टीलेटरको पालो नपाएर ९० बर्षका हजुरबुबाको सास थर्थराएको छ,
चिहानको पालो पर्खेर बस्दा बस्दै आत्तिएर, 
प्लास्टिक भित्रबाट मान्छेको लास कराएको छ ।


म सानो बबुरो र एउटा बटुवा को त के कुरो भो र, 
कसलाई दण्डित गर्ने, कसलाई खातिर गर्ने भनी यमराज पनि कराएको छ ,
पृथ्वी रित्तियर कतै आफू भरिने हो कि भनी आज यमलोक डराएको छ ।
 

स्वयम्भु, काठमाडाैं
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top