ट्रेण्डिङ

होमपेज / कला / साहित्य

हामी कति सुरक्षित ?

नेपालगाथा २०७७ बैशाख ५ गते शुक्रबार १४:२०:०८ मा प्रकाशित

सबैको सुरक्षामा

रातदिन नभनी

घाम पानी हावा हुरी

दु:ख पीडा नगनी

खटिएकै छौँ ।

प्रत्येक पल, 

प्रत्येक क्षण

अफ्नै ज्यान जोखिम अनि धरापमा

सेवा गर्दै गाउँ, सहर, दूर-दराजमा।

 

तिम्रो सुरक्षामा

निरन्तर खटिने

हामी सुरक्षाकर्मी !

बिडम्बना!

तिमीले दिनमा

हजारौं राम्रा काम

जीवन बचाउने

उद्धार गर्ने

हाम्रा काममाथि

आँखा चिम्लिदिन्छौ।

अनि फगत

एउटा सानो

कसैबाट भएको

गल्ती कमजोरीलाई

टपक्क टिपेर 

सामाजिक संजाल भरी फिजाइदिन्छौ ।

तिललाई अनायासै पहाड बनाइदिन्छौ।

 

एकाध व्यक्तिबाट

भएका गल्तीले

पूरै संगठनमाथि

वर्षाइदिन्छौ ।

गालीका वर्षाहरु !

बरु

बम, बारुद गोलीले

ढाल्न सक्दैन

हाम्रो मनोबल !

तिम्रा तुच्छ

शब्द भावले

क्षण भरमै छिया- छिया

पारिदिन्छ त्यो बोलिले।

वाह! क्या गजबको छ

तिम्रो बुझाई

अनि हामी प्रतिको सोच।

 

पटक-पटक भन्दा

नसुन्ने तिमी बैरो हौ?

विश्वमा लाखौं ज्यान

गएको देख्दादेख्दै,

नदेख्ने तिमी अन्धो हौ?

अनेकपटक

सम्झाउँदा बुझाउँदा

नसम्झिने तिमी अबुझ हौ?

हैन भने

एकछिन उभिएर

बस्न नसक्ने तिमी

भोलि रोगले गल्दा

अनि भुइँमा ढल्दा

पीडा हामीलाई हुन्छ ।

समयमै ध्यान नदिएकोमा

पछुतो हामीलाई हुन्छ

निर्वाध हिंड्न दिएकोमा।

 

कृपया !

हाम्रा आँखा

नछलिदेउ।

बुझिदेउ कर्तव्य ।

तिम्रो पनि बन्छ र

हाम्रो पनि!

सुरक्षा तिमिलाई

पनि चाहिन्छ

र हामीलाई पनि

तिम्रो सुरक्षामा हामी छौं।

तर पनि खै

हामी कति सुरक्षित?

प्रतिक्रिया

सम्बन्धित खवर

Top