ट्रेण्डिङ

होमपेज / कला / साहित्य

लुटिएको निन्द्रा :- कविता

नेपालगाथा २०७६ चैत्र २९ गते शनिबार १४:३८:१६ मा प्रकाशित

म हरेक दिन योजना बनाउँछु
तर सफल हुँदैनन्
सोचेको भन्दा नितान्त फरक
किन हुन्छनन्
योजना विपरित गलत स्थानमा
किन पुग्छु म
आफ्नै योजनामा किन धोका दिन्छन्
मेरा आँखाले पनि ।

सोच्छु बिहानीको उषा किरण सँगै
गर्छु प्रतिज्ञा
अब गल्ती दोहो¥याउँदिन
साँझपखबाटै लुटिन थाल्छ निन्द्रा
योजना अलपत्र
लाग्छ यसरी नै जिन्दकी असफल हुन्छ की ।

सधै पछुतो लाग्छ निन्द्रा लुटिएकोमा
अझै सोच्छु त्यो लुटिएको हैन
मेरो मन लुटिएको हुनुपर्छ
दिन भर बुनिएका योजनाहरु
रात नहुँदैे आइ पुग्छन् मेरो निन्द्रा लुट्न
झस्काइ दिन्छन् आफैलाई
र हट्नै सक्दैनन् मनबाट
यिनै योजना र तन्द्राहरुसँग खेल्दै
बितिरहेका छन् मेरा दिनहरु ।

बिहान सहि बेलुका गलत
सत्य र असत्य के हो
देख्ने आँखाले पनि छुट्याइ दिन्न
सुन्ने कानले पनि छुट्याइ दिन्न
तर मनले खोलिरहेको हुन्छ ह्दयको ढोका
म जुन स्थानमा छु
जुन परिवेशमा छु
जुन समाजमा छु
यसको पनि प्रभाव छ
अलि अलि भान हुन्छ आफैलाई
यसले पनि प्रपञ्च रचेको छ ।

शंका गर्छु आफैले
योजना सफलताकै लागि
दिन दिनै लुटिएको छु म
मेरो निन्द्रा पनि ।

बसन्त भण्डारी, दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका ६ जम्बुकाँध

प्रतिक्रिया

सम्बन्धित खवर

Top