होमपेज / कला / साहित्य
जीवन एक अन्तहीन भूलभुलैया लाग्छ,
निरासलाग्दाे सनसनी शिशिरकाे चिसाे बाट निस्कदा,
तरुल, गिठा, लड्डुले विर्साउछ उदासीनता...
वसन्तकाे हरियालीमा।
चरीवरि उडेर टाढा जान्छन्।
केहि थकित हुन सक्छ वा अरूले अानन्द लिन्छन्,
विलकुलै नयाँ रहर आउनेछ ...
वसन्तकाे हरियालीमा।
भर्खरै पलाउन लागेका पालुवा मन्द चिसाे मैदानकाे हावा त्यहाँ छन्,
फक्रिएका फुलहरु,
मनलाई खुस दिलाउछ..
वसन्तकाे हरियालीमा।
अनुमति स्वतन्त्र रूपमा दिए,
अब बटुवाले भरि विसाई चाैतारीमा,
काेईलीकाे काेकिल कण्ठ कण्ठ पारि स्विकार्छ ...
वसन्तकाे हरियालीमा।
हटाई शिशिरकाे कटकटाउदाे चिसाे
भाेटेदाईले मनायाे उभाैली गए पाल्तु पाटन तिर
तराईमा थारु भाई वालि सिहार्न अाउछ ...
वसन्तकाे हरियालीमा।
जीवन चुलवुल हुन सक्छ,
त्यहाँ कुनै विस्मात छैन,
वसन्त पञ्चमीसंगै वालककाे अक्षरारम्भ हुन्छ..
सप्तरंगी भै फागुले बैँस देखाउछ
वसन्तकाे हरियालीमा।
वीरेन्द्रनगर -९, सुर्खेत, कर्णाली प्रदेश, नेपाल