होमपेज / कला / साहित्य
..... र मलाइ चिहानको डिलमै अढेस लगाएर राखेका छन् 
मन्द मन्द हावा सुस्त गतिमा चल्दै छ
झरी झम झम पर्दै छ
बादलले पुरै आकासले ढाकेको छ
घामले दिनलाइ बिदाइ गर्दै साझलाई स्वागत गर्दै छ 
जलिरहेका अरु सरिरलाइ एक टहले हेर्दैछु 

घोचिरहेका छन् बासका भाटाहरुले 
साँच्ची त्यो सरिरलाइ दुख्छ कि दुख्दैन होला है? 

तर्सिन्छु
,, डराउँछु
,, थाहा छ अब मलाइ यसै गरि घोच्ने छन्
मलाई पर्खाइमा राखिएको छ 

यी सब मौनतामै नियालिरहेको छु
डिलमा अढेस लागेको मेरो सरिरलाइ जुरुक्क बोक्छन् 
चितामाथी राख्छन् , 
हिजो ढुङ्गा हान्नेहरुले
आज मलाइ फुलले हान्दै छन् 

मलाइ बेहद सम्मान गरिरहेका छन् आज यिनीहरुले 
संखको धुन बेजोडसँग एकनासले बज्न सुरु हुन्छ 

२/४ फन्को मेरो वरिपरि घुमिरहेका छन् कोही 
मेरो पाउमा कसैले आफ्नो सिर झुकाउछन् 
एक फन्को मारेर सिरमा बत्ति बाल्छन् 
झरिको चिसोको अनुभव सकिन्छ 
तातिन्छु म, जल्छु,, ,,
केही क्षण मौन धारण गर्छन्
जल्छु,,, खरानी हुन्छु,, सकिन्छु म 


आँखाहरु भिजेका छन् सबैका
छातिहरु भारी बनाएर फर्किन्छन् सबै
साँच्ची अब मलाइ कतिन्जेल सम्झिन्छन् होला है सम्झिनेहरुले ??
कतिन्जेल आँसु बगाउछन् होला है बगाउनेहरुले?? 

