ट्रेण्डिङ

होमपेज / कला / साहित्य

--"घाटमा एकदिन"--

वासुदेव न्याैपाने

नेपालगाथा डेस्क २०७६ चैत्र २६ गते बुधबार १७:०७:०० मा प्रकाशित

जिन्दगीको पाइलाहरु मृत्यु कुल्चदै आज घाट तिर
बरालिइरहेको छु !!
मलाई सधै लाग्छ- मृत्यु न्यायाधीश हो, जसले जन्मकैदको सजाय
सुनाएको छ जिन्दगीलाई !
मरिहाल्नु गज्जब कुरा होइन ! यो अर्कै कुरा हो कि
कहिलेकाही बाचिरहनु पनि बेकार लाग्छ ! यस्तै बेकार लागेसी
म घाट तिर दौडिन्छु !
मलाई ज्ञात छ, जमिन हाम्रो नाङ्गो पैतालाको स्पर्शमा
रमाउछन् ! माटोमा पैताला नपरेको कत्ति भो कत्ती...!
हातको औंलाहरुमा भैसीको गोबर नगनाएको पनि कत्ती भो
कत्ती..!
प्रकृतीसँग कति बिघ्न टाढिएछु,...सम्झिल्याउँदा दु:ख लाग्छ !
हिड्न मन नलाग्ने होइन्, नाङ्गै खुट्टा ! लाग्छ ! कहिले
दिमागी शहरीयापनले दिदैन त कहिले हृदयगत शहरीकरणले !
उसो त यी पक्की पिचमा काँडाहरु पनि धेरै बिच्छाइएको छ !
अलकत्राहरु काँडा जस्तै लाग्छ ! ... घोच्नेहरु पनि उत्तिकै छन् !
ओइरो खन्ने खोइरेलालहरु झन कत्ती हो कत्ती !
यत्ती भन्न खोज्या, मलाई चप्पल लगाउन मनपर्छ ! यसैले चप्पल
लगाएरै दौडिए !
मेरा खुट्टाहरु बेफुर्सदी छन् ! लावारिस गल्लीहरुमा सम्हालिदै
हिड्नु पर्छ ! बडो एन्टिक हिडाइ हो- यो जिन्दगीको !
घाटमा जिन्दगी नाप्दानाप्दै, आफ्नो अस्तित्व गयल
गराइसकेका यी पाइतालाहरुको माया पनि लाग्छ
कहिलेकाही !
***
मलाई लास जलाउन आउन्न ! जलेको हेर्न मात्रै आउँछ !
भन्नैपर्दा त मलाई बाच्न पनि आउन्न ! सास फेर्न मात्रै आउँछ !के थाहा भोलि आफै जल्नु पर्ने पो हो कि????????
खै यार,
क्षितिजको बगैंचामा पुतली समाउन दगुरीराछु ! म क्षितिज
पुग्दानपुग्दै पुतली झुसलिकिरा बनिसक्छ !
अचम्म नपर्नु, झुसिलकिराको मृत्यु उत्सवमा पुतलीले सधै
जन्मउत्सव मनाउदैन ! मनाए नि के ?
न म पुतली, न तपाईं झुसिलकिरा !
छोड्नुस अर्कै कुरा गरम् अब !
***
जिन्दगीको 'वसन्त' सपना नै रहेछ ! जागेर यो सडक रुघ्दा त कतै
कहिलेपनि मन रमाएकै होइन् ! मन हरियाली खोज्छ, यहाँ बन्जर
भेटिन्छ !
खोजेको कुरा नभेट्दा र नखोजेको कुरा पाउँदा गुमाउन डर हुँदैन
रहेछ- अलिकति आफुलाइ,...अलि धेरै आफैलाई !
आफुलाई आफैले खोजी हिड्दा पनि आफू भेटिन्न, अनि घाट नै
सोझिन मन लाग्छ ! यो सोख नभैइ बाध्यता र लाचरीपना दुवै
हुन् कि...?
नागरिकता बिहिन जिन्दगी जिउनुको मज्जा पनि बेग्लै हुदो
रहेछ !
पहिचान, जात, धर्म, भाषा, भेष, स्थान,..., यी कुराहरु कुरामै
सिमीत राख्नुपर्छ भन्ने मेरो सिदान्त हो !
जातको कुरा गर्नेहरु भात खानै पाउदैनन् !
धर्मको कुरा फलाक्नेहरु कर्म गर्नै सक्दैनन् !...
जेनेकेरे कुरा यत्ती हो !
अब फेरि अर्को कुरा गरम् !
***
अग्लो हुँदै गएसी एक्लिदै गै'दो रहेछ !
टल्स्टयको छ फुटे चिहानमा म पनि गाडिनुपर्छ ! तपाईंहरु पनि
पर्छ !... अँ ५.०५ छु म अहिले !
अग्लिने क्रम जारी छ ! एक्लिने सिलसिला त झन जरुर जारी
छ !
आज धेरै पछि घाट तिर बरालिदा अग्लिएको र एक्लिएको दुबै
अनुभव भयो !
घाट यी यस्ता अनुभव संकलन गर्ने अलौकिक संकलनस्थल पनि
हो !
***
गोधुली क्षितिजको मृत मुस्कान हेर्दाहेर्दै अध्याँरोले पाइला
टेक्न थालिहाल्यो !
लामखुट्टेले डस्न थालिहाल्यो !
फर्किए-घर तिर होइन
मृत्यु को ओछ्यान तिर ????????????
झ्यालढोका बन्द गर्न नि नपाउने,
अनि बत्ती निभाउन नि !!
अनुप जलोटा बजाए दिस्टब भयो भने बन्द गर्दिए,,
एक खिल्ली चुरोट सल्काएर ऐस्ट्रेको ऐक्स्ट्रा आयु पनि बढाउन मन थियो....
र,यसरी नै रात पारी दिए जिन्दगीको एक दिन !!!
न कोइ पिर गर्ने
न कोइ सोध्ने !!!

प्रतिक्रिया

सम्बन्धित खवर

Top