ट्रेण्डिङ

होमपेज / कला / साहित्य

ए करोना ! के को बिलोना।

बिमल नेपाली

नेपालगाथा २०७६ चैत्र २६ गते बुधबार १५:१४:१६ मा प्रकाशित

ए करोना ! के को बिलोना।
थाहै नदिएर सुटुक्क
खायौ मुटुलाइ कटक्क
झुक्काइ झुक्काइ नी
जीवन हरेर लग्यौ नि
नेपाल भन्ने देशको
कर्णाली प्रदेश सुर्खेत मा
सास फेरिरहेको छु
लक डाउन मा छु
सारा बजार चुपचाप छ
मान्छेहरु दुरीमा छन
न हाक्ष्यु गर्छन खोक्छन
हात धोएको धोयै छन
नाक मुख छोपेको छोपेई छन
दिन रात कोरोनाको सपना
देख्छन कुर्छन अग्यात मृत्युको
हे भगवान !भन्नै पर्ने भो !
जति नै भौतिक बादी भए पनि
बाच्नुपर्ने होला नि अभौतिक भएर
हे मान्छे म पनि ?के गरि बुझ्ने होला ?
कोविड नाइनटीन मात्र प्रोटीन
ठाउँ खोजिरहेको छ मानब सिद्दाउन
सायद मान्छे को लीला बढी भो ।
म रुन्छु इटाली को मृत्यु मा
अमेरिका स्तब्ध छ तर अडीग छ
स्पेन त्यस्तै मृत्यु कुर्दै छ हे ॐ
बेलायतले सोच्न भ्याएकै छैन
कहाँ कहाँ किन यमराज
कथा बिना उपकथा रच्दै छन?
पुगेन र ?
ए कोरोना? बाहिर निर्जिब भित्र सजीव
तिमी उत्पन्न भयौ राजनिती बनयौ
राजनोती भित्रै राक्षस नीति बनयौ
न चीन बन्यौ न अमेरिका न धरती
सत्य हात धोएर हुन्छ भन्रे
छाला उप्काउने गरि धुन्छु म
अँखा कान नाक छोप्नु पर्ने भए
सासै नफेरेर एकटक त्यही गर्छु म ।
हुन्छ त ?मानव बाच्छ त?
शन्का छ मलाइ शन्का गर्न पाइन्न र?
ए कोरोना?सप्पैको उत्तर तिमी सङ्गै छ
मान्छे त research गर्दै सकिन्छ।

ए करोना ! के को बिलोना।

प्रतिक्रिया

सम्बन्धित खवर

Top