होमपेज / कला / साहित्य
कोही ननिस्क बाहिर, नजाऊ रोडमा तिमी ।
खोजेर आउने छैन, घरमा बस लौ तिमी ।।
हात-मुख सफा राख, पानी साबुनले मिची।
छ भने नाकमा मास्क, लगाऊ ढाक्ने गरी ।।
नो इन्ट्री घरमा लेख, बाहिरै देखिने गरी ।
दुवै हात परै राख, नमस्कार गरी गरी ।।
बेसार, अदुवा, ज्वानो, मेथी र लसुनैहरू।
झोल-फल खुबै खाऊ, नेपाली मसलाहरू।।
नखाऊ तामसी खाना, खाऊ शुद्ध र सादगी ।
गर्न के सक्छु मैले र ! अनुशासित भए तिमी ।।
बेलुका जलको बाफ, बिहान शुद्ध सेचन ।
कहाँ म आँट गर्छु र,! तिम्रो फोक्सोमा घूसन ।।
मनमा त्रास संत्रास, नराख मनुवा तिमी ।
त्यसै म आउने छैन, अटेरी नभए तिमी ।।
ज्यान बचे जगतै छ, नबाँचे किन चाहियो ?
फैलने जात हो मेरो, ध्यान राख्ने मनुष्य हो।।
एकछिनकाे स्वादले गर्दा, लापर्वाही गर्यौ भने ।
सखापै गर्छु मान्छेको, कोरोना हुूँ यही भने ।।