ट्रेण्डिङ

होमपेज / कला / साहित्य

कसो नहोला ?

विष्णु खड्का

नेपालगाथा २०७६ चैत्र २३ गते आइतबार ११:१९:३२ मा प्रकाशित

पोखे पौरख र पसिना, आत्मनिर्भर कसो नहोला ?
गरेपछि मलजल खेतबारीमा, उर्वर कसो नहोला ?
।।१।।
चुस्छौ कति अरुकै खुनपसिना, परजीवी बन्नु कति ?
अरुकै मात्र भर परिरहे हालत जर्जर कसो नहोला ?
।।२।।
सिकायो नाकाबन्दीले धेरै, सिकाउदैछ लकडाउनले ।
जागे जुर्मुराए जनहरु, जुटाउने तर्खर कसो नहोला ?
।।३।।
भकारी भरे भोकको भिख, को माग्ला को सङ्ग किन ?
भगवान भरोसा भए, स्वाभिमान लर्तर कसो नहोला ?
********** $$$$$$$ ********
(मिति २०७६ चैत्र २३: लकडाउन : सुर्खेत )

प्रतिक्रिया

सम्बन्धित खवर

Top