होमपेज / कला / साहित्य
काठमाडौं । शिष्ट कलाकार नीरविक्रम शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षक पदबाट राजीनामा दिएका छन् । उनले कार्य व्यस्तताका कारण आफूले राजीनामा दिनुपरेको बताएका छन् । यसैबीच संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै शाहले दिएको राजीनामा स्वीकृति गरेको जनाएको छ । ‘शाहले आफ्नो कार्यव्यस्तताका कारणले दिनुभएको राजीनामा संघको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेको छ’, मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘बैठकले नेपाल चलचित्र कलाकार संघको स्थापनाकालदेखि नै पु¥याउनु भएको क्रियाशीलता एवम् योगदानको स्मरण गर्दै उनले आफ्नो कार्यकालमा दिनुभएको योगदानलाई हार्दिक धन्यवाद दिने पनि निर्णय गरेको छ ।’
सो बैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी विशिष्ट कलाकर्मी हरिवंश आचार्यलाई संरक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।