होमपेज / कला / साहित्य
काठमाडौँ । बलिउड नायक सलमान खानले मोबाईलको विज्ञापनमा काम गर्दा एक दिनको ७ करोड पारिश्रमिक लिने गरेका छन् । जति दिन छायांकन हुन्छ त्यहीँ हिसाबमा उनले आफ्नो पारिश्रमिक बुझ्नेछन् । यस विज्ञापन खिच्न झण्डै ५ दिन लाग्ने बुझिएको छ । हालै सलमानले नयाँ रिलिज हुन लागेको मोबाइलको विज्ञापनमा काम गरेका छन् । उक्त मोबाइलको विज्ञापनमा काम गर्दा उनले एक दिनको ७ करोड पारिश्रमिक लिएका छन् । सलमानका धेरै फ्यान फलोअर्स छन् । त्यसैले उनलाई मोबाइल कम्पनीले महंगो पारिश्रमिक तिरेर विज्ञापनमा अभिनय गराएको हो ।
सलमानलाई राखे मोबाइलले राम्रो बजार लिने विश्वाससहित मोबाइल कम्पनीले उनलाई एम्बास्टर बनाएको हो । सलमान खान स्टार चलचित्र ‘राधे’ रिलिजको तयारीमा छ । यस चलचित्रपश्चात् सलमानले ‘कभी इद कभी दिवाली’मा काम गर्नेछन् । पैसाको अभाव छैन । बलिउडमा धेरै सम्पत्ती भएका नायकमा पर्छन, सलमान । उनको पारिश्रमिक पनि उत्तिकै महंगो छ । हिजो आज सलमान प्रतिशतमा रहेर चलचित्रमा काम गर्ने गर्छन् । चलचित्रको नाफाको प्रतिशत लिने सर्तमा उनले चलचित्रमा अभिनय गर्ने गर्छन् । तर, विज्ञापनहरुमा भने उनको चर्को पारिश्रमिक देखिन्छ ।