ट्रेण्डिङ

होमपेज / कला / साहित्य

’चादी कहाँ होला‘ गीत सङ्गै प्रकाश पराजुली चर्चामा

नेपालगाथा २०७६ फाल्गुण ११ गते आइतबार १६:४५:०२ मा प्रकाशित

काठमाडौँ । चादि कहाँ होला दोहोरी गीत ले बजार पाए संगै बहुप्रतिभाका धनी गायक तथा सर्जक प्रकाश पराजुली चर्चामा आएका छन । बजार मा छोटो समय मा नै लाखौ दर्सक स्रोता को मनमा बस्न सफल "चादी कहाँ होला" दोहोरी गीत केही दिन अगाडि मात्र बजार मा आएको हो। धेरै एल्बम हरु बजार मा ल्याइ सकेका बुलन्द आवाजको धनी प्रत्यक्षे दोहोरी का प्रखर गायक प्रकाश पराजुली स्याङ्जा मा जन्मिएर बिगत लामो समय देखि नेपाली गीत संगीत लाई आफ्नो पेशा बनाउदै कलाकारिता क्षेत्र मा चर्चा बटुल्दै आएका छन् ।

आज भन्दा केही दिन अगाडि मात्र बजारमा आएको चादी कहाँ होला दोहोरी गीत मा भने स्वर गायिका सन्जु न्यौपाने र गायक रबिन लामिछाने को रहेको छ नबराज पन्तको शब्द प्रकाश पराजुलीको संगीत ,कृष्ण बि क भान्जा को एरेन्ज र कुमार राना मगर को मिक्सिङ मास्टरिङ रहेको" चादी कहाँ होला "भिडियो सार्बजनिक भएको हो ।

मौसम हिमालिको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा दुर्गेश थापा,निसा न्यौपाने ,जुना गुरुङ ओवि रायमाझी को अभिनय रहेको म्युजिक भिडियो लाई करण चौसिरको छायांकन रहेको छ। भने भिडियो मा दृश्य सम्पादन मनोज कार्की ले गरेका गरेका छन । यो समाचार तयार पार्दा सम्म २ लाख २६ हजार भन्दा बढी भ्युज कमाउन सफल भएको "चादी कहाँ होला"गीतलाई धेरै संगीत प्रेमिमनहरु ले यो गीत टेनिङमा परोस् भनेर अपेक्षा समेत गरेका छन । "चादी कहाँ होला " गीत सन्जु न्यौपाने नामक ब्यक्तिगत युट्युब च्यानल बाट बजारमा आएको हो ।

हेर्नुहोस भिडियो ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/jWswJG4ylp4" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>

प्रतिक्रिया

सम्बन्धित खवर

Top