ट्रेण्डिङ

होमपेज / कला / साहित्य

चलचित्र ‘आमा’ लाई ‘पशुपतिप्रसाद’ जस्तै प्रतिक्रिया

नेपालगाथा २०७६ फाल्गुण ३ गते शनिबार २२:०६:४९ मा प्रकाशित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ को सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर पास गरेको हो । चलचित्र सबैले हेर्न पाउने छन् । दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् ।
निर्देशक दीपेन्द्र के खनालले सेन्सरमा रहेका सदस्यले चलचित्र मन पराएको जानकारी दिए । पशुपतिप्रसादलाई सेन्सरमा जस्तो प्रतिक्रिया आएको थियो, त्यस्तै आमामा पनि आएको छ,’ निर्देशक दीपेन्द्रले भने, ‘मैले अपेक्षा गरेअनुसार चलचित्र दर्शकले पनि मन पराउनुहुने छ भन्ने विश्वास बढेको छ ।’ शर्मीला पाण्डेको निर्माण चलचित्र फागुन ९ गते रिलिज हुँदैछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top