ट्रेण्डिङ

होमपेज / कला / साहित्य

समाज परिवर्तन गर्न राजनीतिमा लागे

पाँच प्रश्न

नेपालगाथा २०७६ फाल्गुण ३ गते शनिबार २१:५७:३८ मा प्रकाशित

प्रेरणाको स्रोतः  म पहिलेदेखि नै सामाजिक क्षेत्रमा काम गर्न मन पराउँथे । त्यो समयमा हाम्रो समाजमा एकदमै विभेदीकरण थियो । महिला र पुरुषबीच भिन्नता थियो, छाउपडी प्रथा व्यापक थियो, अहिले पनि छ । यी थुर्पै हाम्रो समाजमा भएका बिकृतीहरुलाई अन्त्य गर्नुपर्छ । समाज परिवर्तनको लागि अघि बढ्नुपर्छ भन्ने माध्यताका साथ म अघि बढेको थिएँ । समय बित्दै जाँदा म हालसम्म यो क्षेत्रमा आइपुगेको छु ।  
खुशी र दुखको क्षण
खुशीः देशमा संविधान बनेपछि जब संघीयता आयो त्यो समयमा म एकदमै धेरै खुशी लागेको थियो ।
दुःख: म कक्षा ७, ८ मा पढ्दा हाम्रो घरतिर छाउपडी प्रथा एकदमै थियो । म त्यसको एकदमै प्रतिकार गर्थे । तर मेरो सबै प्रयास खेर जान्थ्यो । एक पटक म नुहाएर कपाल नबाँधेरे खुला नै छोडेर विद्यालय जाँदै थिएँ । मलाई महिनावारी भएको आशंका गरियो । सबैले प्रतिकार गरे । त्यसपछि मैले कपाल नै काटिदिए । त्यो समयबाट मैले कपाल पालेको छैन । प्रत्येक महिना कपाल काट्ने गर्छु ।
लक्ष्यः मेरो लक्ष्य समाज परिवर्तन गर्ने हो । समाज परिवर्तनको बाटोमा सधै अघि बढेर राज्यको नीति निर्माणको तहसम्म पुग्नु मेरो लक्ष्य हो ।
मनपर्ने ठाउँ÷गन्तव्
मनपर्ने ठाउँः मलाई मनपर्ने ठाउँ मेरै जन्मस्थान हो । त्योसँगै कर्णाली प्रदेशका हरेक क्षेत्रहरु मलाई एकदमै मन पर्छन् । नेपालका सबै ठाउँहरु मलाई मन पर्छन् ।
गन्तव्य: म नेपालका धेरै जसो ठाउँमा पुगेको छु । त्यो बाहेक भारत, चीन, थाइल्याण्डलगायतका देशका विभिन्न क्षेत्रहरुमा म पुगेको छु ।
अध्ययन र मनोरञ्जन
अध्ययनः पत्रपत्रिका, विभिन्न निर्माणका योजनाहरुसँग सम्बन्धित किताबहरु मैले अध्ययन गर्ने गर्दछु । त्यो बाहेक अन्य विविध किताबहरु पनि मैले अध्ययन गर्ने गरेको छु ।
मनोरञ्जनः मलाई अरुले गाएको, नाचेको हेर्न एकदमै मनपर्छ । त्यो बाहेक मलाई विभिन्न खेलहरु हेर्न एकदमै मनपर्छ ।

निर्मला राना मगर, उपाध्यक्ष, चौकुने गाउँपालिका सुर्खेत

प्रस्तुती : वसन्त भण्डारी

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top