होमपेज / कला / साहित्य
काठमाडौं । अमेरिकामा बसेर नेपाली गीत संगीतमा क्रियाशील गायक आशिष पोख्रेलले आफ्नो पहिलो म्युजिक भिडियो ‘के गरौ भन’ सार्वजनिक गरेका छन्। ‘के गरौ भन’ लोक आधुनिक शैलीको गीत हो। गीतमा स्वर आशिष पोख्रेलको छ, भने शब्द र संगीत उमेश राज खड्काको रहेको छ। उमेश राज खड्का गायक पोख्रेलका सांगीतिक गुरुसमेत हुन्। यो गीतलाई विक्रम कार्कीलेसंगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा आर्जु बैजु , आशिष पोख्रेल, बसन्त अधिकारी र देव राज सापकोटाको अभिनय रहेको छ।
गीतको छायांकन संकल भुजेलले गरेका हुन् भने भिडियो सम्पादन राम चौधरीले गरेका हुन्। म्युजिक भिडियोमा मिलन बिकको कोरियोग्राफी रहेको छ। शिशिर खातीको निर्देशनमा भिडियो तयार भएको हो। भिडियो गायक पोख्रेलको युट्युव च्यानलमार्फत सावजनिक गरिएको छ ।
[भिडियो]